मौसममा सुधार, तर वर्षाको सम्भावना कायमै

न्युज कारखाना
काठमाडौं – मंगलबार बिहानदेखि मौसममा सुधार आएको छ । चार दिनको झरी पश्चात सोमबारबाट मौसममा केही आउन थालेकामा मंगलबार थप सुधार भएको छ ।

नेपालको तराई भूभागमा केन्द्रित मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरेसँगै नेपालमा मौसममा सुधार आएको हो । यद्यपि, बर्खायाम भएकाले वर्षाको सम्भावना कायमै रहने पनि तत्काल झरीको सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

मंगलबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमका एक(दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

मंगलबार राति बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १ का एक /दुई स्थानमा भारी वर्षा हुने देखिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!