निर्वाचन आयोगले स्वीकार्‍यो झलनाथ हस्ताक्षर सनाखत

काठमाडौं ः नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता झलनाथ खनालको हस्ताक्षर सनाखत भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको हस्ताक्षर सनाखत गरिएको हो ।

एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेताहरुले दिएको निवेदनमा निर्वाचन आयोगले बुधबार केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो । तर खनाल स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका कारण सनाखतका लागि निर्वाचन आयोगमा आउन असमर्थ थिए ।

रेशम चौधरीको सनाखत भएन

त्यस्तै जनता समाजवादी पार्टी विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि भने सांसद रेशम चौधरीको हस्ताक्षर सनाखत भएन । महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दिएको दल दर्ता निवेदनमा नै चौधरीको नाम समावेश नभएकाले उनको हस्ताक्षर सनाखत नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

भदौ २ गते सरकारले दल विभाजन अध्यादेश ल्याएपछि महन्थ ठाकुरले दल दर्ताका लागि दिएको निवेदनमा चौधरीको नाम समावेश थियो । तर आयोगले भदौ ४ गते अध्यादेश अनुसार राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेपछि पुनस् दल दर्ता निवेद माग गरेको थियो । त्यतिबेला भने लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि चौधरीको नाम नराखिएको प्रवक्ता श्रेष्ठले बताए ।

टीकापुरमा भएको थारु समुदायको आन्दोलनका क्रममा सुरक्षाकर्मीसहित ८ जना मारिएको घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् ।





error: Content is protected !!