१० महिने बालक अपहरण प्रकरण – दानबहादुरले प्रहरीसामु स्वीकारे अपराध

सुर्खेत – जुम्लाको हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकायले प्रहरीसमक्ष आफूले १० महिने शिशु अपहरण गरी बेपत्ता बनाएको बयान दिएका छन् ।
हिमा गाउँपालिका–३ स्थित जुम्ला च्यामा गाउँका रोकायाले ३ भदौमा मोफ्ला गाउँकी १९ वर्षीया भदुरी कठायतको १० महिने शिशु ९छोरा खेमराज० लाई आफैंले अपहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय जुम्लामा बयान दिएका हुन् ।
रोरायालाई बालक अपहरण गरेको अभियोगमा सुर्खेतको एयरपोर्ट चोकबाट प्रहरीले पक्राउ गरेको हो । रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् । किशोरीलाई झुक्याएर रोकायाले बालकको अपहरण गरेका थिए ।
जिल्ला प्रहहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नवीन थापाले रोकायाको साबिती बयानपछि अभियुक्तलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई हिरासतमा राखेर अनुसन्धान थालिएको जानकारी दिए । बेपत्ता बालकको अवस्था अझैँ अज्ञात छ ।
किशोरीले गत कात्तिकमा शिशुलाई जन्म दिएकी थिइन् । उनले जुम्लाको हिमा गाउँपालिका राहदेव मावि मोफलाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् । गाउँपालिकामा तालिम दिन्छु भनेर झुक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राखेको उनका बुबाको आरोप छ ।
किशोरीले आफूलाई झुक्याएर रोकायाले शिशु लगेको बताउने गरेकी छन् । ३ भदौ राति ९ बजेतिर किशोरीलाई दानबहादुरले ‘तिम्रो आमाले बोलाउनुभएको छ’ भनेर बताएपछि उनले हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडेको र दानबहादुर त्यहीबेला बालकको अपहरण गरेको किशोरीले बयान दिएकी छन् ।









