अबैध लागु औषध सहित बालक पक्राउ

जाजरकोट – जाजरकोटमा प्रहरीले अवैध लागु औषध सहित एक बालक पक्राउ गरेको छ । रुकुम पश्चिम चौरजहारीका १७ बर्षिय बालकलाई जाजरकोट भेरी नगरपालिका १३ कुद चेक प्वाइन्टबाट प्रहरीले अवैध लागु औषध सहित पक्राउ गरेको हो ।

नेपालगंज देखी जाजरकोट आउदै गरेको यात्रु वाहक फोर्स (गाडी)मा अवैध लागुऔषध ल्याउदै गरेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी कुदु बाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाच गर्ने क्रममा बर्ष १७ को बालकले नाइट्राभेट ५५ ट्याब्लेट ट्रामाडोल ६ क्याप्सुल प्रोक्सीवेल स्पास ६ क्याप्सुल दाहिने र वाया तिघ्रामा टेपले बाधेर लुकाई छिपाई ल्याईरहेको अवस्थामा फेला पारी निज बालकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए । जिल्ला अदालत जाजरकोट बाट म्याद थपेर अनुसन्धान कार्य भैरहेको थापाले बताए ।





error: Content is protected !!