ठूली दहमा बेपत्ता दाजुभाइकै शव फेला

रुकुम पश्चिम -मुसीकोट नगरपालिका–७ साँखको ठूली दहमा बेपत्ता भएका दाजुभाइकै शव फेला परेको छ । मुसीकोट नगरपालिका–१ सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनका भाइ १७ वर्षीय प्रेमबहादुर थापाका शव दहभित्र भेटिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दहबाट दाजुभाइको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा दाजुभाइ पौडी खेल्ने क्रममा डुबेको पाइएको प्रहरी निरीक्षक शर्माले बताए ।

खासै पौडिन नसक्ने उनीहरु ५ जना साथीसँगै शुक्रबार बिहान ठूली दह क्षेत्रमा घुम्न गएका थिए । सोही क्रममा दहमा पौडी खेल्न गएका उनीहरु डुबेको प्रहरीले जनाएको छ ।





error: Content is protected !!