माधव नेपालपक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन

काठमाडौं – निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निवेदन पेश भएको छ। बुधबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षले निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएको हो।

पार्टीको नाम एमाले (समाजवादी) र चुनाव चिह्न पुस्तक राखेर आयोगमा निवेदन दिएका छौ , नेपालपक्षका नेता जगन्नाथ खतिवडाले भने, निर्वाचन आयोगले चिह्न र नाम दिएपछि उसले माग्यो भने केन्द्रीय सदस्यको हस्ताक्षर र उपस्थित हुने छौं।

मंगलबार सरकारले दल विभाजन सहज हुने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो। उक्त अध्यादेश बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेसँगै नेपालपक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो।




सम्बन्धित समाचार


error: Content is protected !!