स्थापना दिवसमा कर्णाली प्रदेशमा सार्वजनिक विदा

सुर्खेत – कर्णाली सरकारले प्रदेश स्थापना तथा सहिद दिवसका अवसरका सार्वजनिक विदा दिने भएको छ । कर्णाली प्रदेश स्थापना भएको भदौ ४ गते सार्वजनिक विदा दिने भएको हो ।

भदौ ४ गते कर्णाली प्रदेश सरकारले स्थापना तथा सहिद दिवस एकै दिन मनाउने भएकाले सार्वजनिक विदा दिन लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले जानकारी दिए ।

‘सार्वजनिक विदाका दिन सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन्’, उनले भने, ‘कर्णाली प्रदेश प्राप्तिका आन्दोलनमा चार जनाको ज्यान गएको थियो । उहाँको सम्झनामा सहिद दिवस मनाउन लागिएको हो ।’

कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा २०७२ साउनरभदौमा सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बीसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवर सहिद भएका थिए ।

चार जना सहिद भएपछि कर्णाली प्रदेश सातौ प्रदेशका रुपमा मान्यता दिएको थियो । कर्णाली प्रदेश नेपालको कान्छो प्रदेशका रुपमा चिनिँदै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!