सिद्धबाबामा ढुंगा लागेर सह–चालकको मृत्यु

–सुशीला रेग्मी
रामपुर (पाल्पा), पाल्पाको तिनाउँ गाउापालिका ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुंगा लागेर जीपका सह–चालकको मृत्यु भएको छ ।

पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु २ च ७३८७ नम्बरको पिकअप जीपमा सोमवार राती ८ वजे माथिबाट एक्कासी खसेको ढुंगा लागेर सह–चालक स्याङ्गजा वालिङ नगरपालिका ११ बस्ने वर्ष २३ का आशिष खाँणको मृत्यु भएको छ ।

घाइते सह–चालक खाँणलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
जीपका चालक चापाकोट नगरपालिका ५ बस्ने डिलु थापा घाईते भएका छन् ।

प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको बुझिएको छ ।





error: Content is protected !!