मन्त्रिपरिषद विस्तार आईतबार, नेपाल पक्ष ३ मन्त्रालयसहित सरकारमा जाने

कृष्ण गिरी
काठमाडौं ः प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । नेकपा एमालेको झलनाथ खनाल, माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागि हुने पक्का भएसँगै मन्त्रिपरिषद विस्तारको टुंगो लागेको हो । आज विहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद विस्तार, सरकारका साझा कार्यक्रम लगायतका विषयमा छलफल भएको थियो ।

सो छलफलले माधवकुमार नेपाल पक्षसहित आईतबार मन्त्रिपरिषद विस्तार गर्ने समझदारी बनेको खुमल्टार श्रोतले बतायो । यस अघि एमाले नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागि हुने कि नहुने भन्ने विषयमा प्रष्ट नहुंदा मन्त्रिपरिषद विस्तार नै अलमलमा परेको थियो । नेपाल पक्ष भित्र सरकारमा जाने र नजाने दुई धार भएकाले पनि नेता नेपालले निर्णय लिन सकेका थिएनन् । तर अन्ततस् नेता नेपाल सरकारमा आईतबार ३ मन्त्री पठाउने सहमत भएको श्रोतको दावी छ । नेपाल पक्षले कुन (कुन मन्त्रालय लिने र को( को पठाउने भन्ने कुराको निर्णय भईसकेको छैन । यस अघि सत्ता गठवन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागि नहुने, गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने बताईसकेको छ । गठवन्धनको अर्को हिस्सेदार जसपा पनि सरकारमा सहभागि हुने मन्त्रिहरुको टुंगो लगाउन आन्तरिक गृहकार्य गरिरहेको छ ।

माओवादी केन्द्र र नेपाली काँग्रेसमा मन्त्रीका आकाँक्षीहरुको संख्या धेरैभएकाले नेतृत्वले सिमित संख्यामा उपलव्ध मन्त्रीहरु को को हुने भन्ने कुराको टुंगो लगाउन सकिरहेको छैन । गठवन्धन दलहरुबीच प्रधानमन्त्री समेत रहेको नेपाली काँग्रेसले ७ मन्त्रालय लिने, माओवादी केन्द्रले पनि ७ मन्त्रालय लिने, माधव कुमार नेपाल पक्ष ५ र जसपाले ४ मन्त्रालय लिएर सरकारमा जाने विषयमा छलफल भएको थियो । नेपाल पक्ष उपसभामुखसहित ३ मन्त्रालय लिएर सरकारमा जान तयार भएमा बाँकी २ मन्त्रालय जसपासहित अन्य दलले पाउने संभावना छ । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रीपरिषदमा स्वास्थ्य राज्यमन्त्रीमा काँग्रेसकै तर्फबाट उमेश श्रेष्ठ नियुक्त भईसकेका छन् ।

बाँकी रहेका १९ मन्त्रालय मध्ये गठवन्धनमा रहेका ४ दलहरु काँग्रेस, माओवादी, एमाले र जसपाले कति मन्त्रालय लिने र कुन (कुन मन्त्रालय सम्हाल्ने भन्ने कुराकोसमेत टुंगो लाग्न बाँकी रहेको बालुवाटार श्रोतले बतायो । गठवन्धन दलले बनाएको कार्यदलमा समेत मन्त्रालय भागवण्डा र सरकारको साझा कार्यक्रमबारे छलफल भएको थियो । सो छलफल अनुसार बाँकी रहेका १९ मन्त्रालयमा काँग्रेस, माओवादी र एमालेलाई ५/ ५ जसपालाई ४ मन्त्रालय दिएर समस्या हल गर्ने विषयमा पनि छलफल चलिरहेको छ ।

नेपाल पक्षले ३ मन्त्रालय मात्रै लिएमा उपसभामुखमा समेत दावी गरिरहेको छ । तर जसपाले आफूहरुसँग सांसदहरुको संख्या सुरुमा भएको भन्दा धेरै बढेकाले मन्त्रालय पनि बढाएर दिन माग गरेको छ । असार २९ गते गठित मन्त्रिपरिषदमा यसअघि काँग्रेसका २ र माओवादी केन्द्रका २ जनाले सपथ ग्रहण गरेका थिए ।





error: Content is protected !!