रोकिँदै यातायात साधनमा हुने बदमासीको किल्ला ?

हेमन्त केसी
जाजरकोट , सवारी साधन चोरी ,निकासी गरेर चलाउने देखि चालक अनुमती पत्र नभएकाहरुको मनोमानी गर्ने कार्य बन्द गर्न प्रहरीले आक्रमक रणनीति लिएको छ ।
भेरी करिडोरको जाजरकोट बीच बिन्दुमा पर्ने भएकाले जाजरकोट हुँदै भारी मात्रामा बदमासी हुने क्रम बढेपछि प्रहरीले बदमासी रोक्न सक्रियता बढाएको हो । छिमेकी जिल्ला डोल्पा , रुकुम पश्चिम , सुर्खेत र दैलेख जिल्लाहरुमा जाजरकोट भएर सवारीसाधन आवतजावत गर्ने भएपछि बदमासी गरेर सुरक्षित हुने स्थान जाजरकोट बनाएपछि प्रहरीले बदमासी नियन्त्रण गर्न रणनीति बनाएको डिएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।
भेरी करिडोर भएर बाहिर जिल्लाबाट सवारी साधन चोरी निकासी गरेर जाजरकोट ल्याइ गाउँ , गाउँमा चलाउने क्रम बढेपछि प्रहरीले सो बदमासी नियन्त्रण गर्न अभियान चलाएको जिल्ला टा«फिक कार्यालय जाजरकोटका प्रमुख लक्ष्मण विश्वकर्माले बताउनुभयो । जिल्लाका नलगाड , छेडागाड , भेरी र शिवालय गाउँपालिका भित्र पर्ने सडकहरुमा गुड्ने यातायातका साधनहरुमा कडा निगरानी बढाएको विश्वकर्माले बताउनुभयो ।
मोटरसाइकल देखि ठुला सवारीसाधन सम्मा चोरी ,पैठारी गरि ल्याइ चलाइरहेको पाइएको उहाँले बताउनुभयो । भेरी करिडोर र मध्यपहाडी लोकममार्ग सँगै जाजरकोट जुम्ला जोड्ने सडकको मुख्य भाग जाजरकोट भएकै कारण मदमासी गर्नका लागि उचित ठाउँ यही रहेको छ ।

बदमासी रोकेपछि राजस्व दोब्बर
जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत बर्षको तुलनामा यो आवमा दोब्बर राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी चलाउने, सवारी चालन अनुमतिपत्र नभए, आवश्यक कागजात नबोकेका, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढि भाडा लिनेलाइ कारवाही गरि राजश्व संकलन गरेको हो । प्रहरीले गत आर्थिक २०७६÷७७ सालमा १८ लाख ६९ हजार राजश्व संकलन गरेको थियो ।
कोरोना भाइरस कोभिड १९ बीचमा यस आ.व.मा गत बर्षको तुलनामा धेरै राजश्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनुभयो । नयाँ टा«फिक प्रमुख लक्ष्मण विश्वकर्मा आएपछि पहिलेको भन्दा सवारीसाधनमा हुने बदमासी अहिले ह्वात्तै घटेको छ । जिल्लामा महिनै पिच्छे सुधारका लागि गर्न सकिने र गरिएको काममा कहाँ कहाँ कम्जोरी भए भन्ने विषयमा व्यापक छलफल गरि योजनासाथ अगाडी बढ्ने रणनीति बनाइदै आइएको छ ।
कार्यालयले आव २०७७÷७८ मा रु ४० लाख ४० हजार राजश्व संकलन गरेको छ । ट्राफिक राजश्व उठाउने निकाय नभए पनि सवारी कारवाहीवापत सो रकम संकलन भएका उहाँको भनाइ छ । सवारी नियम उलङ्घन गर्ने माथी कारवाही गर्दा उक्त राजश्व संकलन भएको हो’ उहाँले भन्नुभयो । कार्यालयले आर्थिक बर्षमा ४ हजार ७ सय ५० सवारी साधनलाई कारवाही गरेको छ ।

गत आर्थिक बर्षमा २ हजार १ सय २ वटा सवारी साधन कारवाही परेका थिए । जसबाट १हजार ८ लाख ६९ हजार राजश्व संकलन भएको थियो । दुई पाग्रे सवारी साधन २ हजार १ सय ५२ वटा कारवाहीमा परेका छन । दुई पांगे्र सवारीबाट १९ लाख १८ हजार ५ सय रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
चार पाग्रे सवार साधन २ हजार ५ सय ९८ कारबाही गरिएको छ । चार पाग्रे सवारी साधनबाट २१ लाख २१ हजार ५ सय रकम संकलन भएको थियो । जिल्लामा यस आर्थिक वर्षमा जिल्ला भित्र २१ वटा सवारी दुर्घटना भएका थिए । जसमा ७ जना जिप दुर्घटना भएर ज्यान गुमाएका थिए । ३ जना ट्रयाकटर दुर्घटना ३ जना मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको कार्यालय प्रमुख बिश्वकर्माले बताउनुभयो । १ वटा चारपाग्रे र १० वटा चोरीको मोटरसाइल बरामत गरि सवारी धनीलाइ जिम्मा लगाएको छ ।
यात्रु बढी राखेर चलाउने माथि प्रहरी आक्रमक
प्रहरी चौकी नजिक आएलगत्तै सवारीसाधनबाट यात्रु झारेर १० मिनेट भन्दा बढी हिडाएर प्रहरीको आँखा छल्ने क्रम बढेपछि सो रोक्न प्रहरीले फिल्डमा खटिएको छ । प्रहरी चौकी भन्दा बाहिर सादा पोशाकमा प्रहरी परिचालन गरि बदमासी रोक्ने काम सुरु भएको डिएसपी थापाले बताउनुभयो । जिल्ला प्रहरी प्रमुख मधुकुमार थापा यात्रा गर्दा प्रहरी कार्यालयको गाडी भन्दा पनि सार्वजानिक यातायातमा यात्रा गर्ने गरेका छन् । यातायात सेवामा बदमासी , छलकपट र बेइमानी कसरी हुन्छ भन्ने पत्ता लगाउन डिएसपी थापा सार्वजानिक गाडीमा साधा पोशाकमा यात्रा गर्ने गरेको पाइन्छ । मदमासी गरेर ठुला कुरा गर्नेको संख्या अत्यधिक भएको पाइएको प्रहरीले जनाएको छ ।








