भीम रावलले दिए सांसद पदबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताए ।

म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु, सिंहदरबार स्थित संसद सचिवालयबाट रावलले सेतोपाटीसँग भने, म राजीनामा दिन्छु।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधव कुमार नेपाल पक्षबाट संयोजक थिए।

शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।




सम्बन्धित समाचार


error: Content is protected !!