जाजरकोट –डोल्पा सडक खण्डको जाजरकोट तर्फको पुरै भागमा स्तरउन्नतीको काम सुरु – तल्लुमा पुल बन्ने भएपछि जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि बाधक हट्दै

हेमन्त केसी
जाजरकोट –  जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणको लागि प्रक्रिया सुरु भएको छ । सडक डिभिजन चौरजहारीले आइतबार वोलपत्र आवह्वान गरि पुल निर्माणका साथै भेरी करिडोरको स्तरउन्नतीको काम अगाडी बढाएसँगै जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि थप प्रगतीको पाइलाहरु अगाडी बढेका छन् ।

छिन्चु – जाजरकोट सडक खण्ड भित्र सबै पुलहरु निर्माण कार्य पुरा भइ जाजरकोट सदरमुकाम सम्म पिचको पुरा भएपनि डोल्पा खण्ड भित्र सबै ठाउँमा पुल निर्माण नहुँदा समस्य हुँदै आएको थियो । सडक डिभिजन कार्यालय चौरजहारीले अघिल्लो वर्ष देखि जाजरकोट सदरमुकाम नजिकै पासागाडलाइ जिरो प्वाइन्ट मानेर पिचको काम सुरु गरेको थियो । पासागाड – रिम्ना सम्मा १७ किलोमिटर पिच गर्ने पहिलो चरणको काम जारी रहदा , दोस्रो चरणका लागि रिम्ना ,चिसापानी हुँदै तल्लु सम्मको लागि बोलपत्र आवह्वान गरेपछि जाजरकोट खण्डको करिव ८० प्रतिशत सडकको स्तरउनन्तीको प्रक्रिया अगाडी बढेको छ । जाजरकोट – डोल्पा सडक खण्डको जाजरकोटको अन्तिम भाग त्रिवेणी भएपनि नलगाड नगरपालिकाको तल्लुबाट रुकुम पश्चिम भएर सडक डोल्पा जाने गर्दछ ।

जाजरकोट खण्डको सबै भागमा स्तरउन्तीको काम एकै पटक सुरु भएसँगै पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत , प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको चुनावी नारा कार्यन्वयनमा गएको सर्बसाधारणले बताएका छन् । सोही सडकसँग जोडिएको मुख्य भाग नलगाड नगरपालिकाको तल्लु र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा पुलको ठेक्का खोलेसँगै अब जाजरकोट खण्डको पुरै कामले गती लिएको छ । यो पुल र सडक निर्माण कार्य तिव्रता पाएसँगै डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणको लागि समेत थप जटिलता कम भएको छ ।

उत्ता जाजरकोट , डोल्पा र रुकुम पश्चिमको सिमाना रहेको त्रिवेणी स्थित भेरी नदीमा १०० मिटर लामो पुल जगदुल्ला जलविद्युत आयोजनाले अघिल्लो वर्ष नै बोलपत्र खोलेर काम जारी रहेको आयोजनाका प्रमुख सञ्जय सापकोटाले जानकारी दिनुभयो । यत्ता जाजरकोट खण्डको सर्वाधिक समस्यमूलक रहेको झुर्मेखोला र नलगाड नदीको पुल समेत निर्माण कार्य पुरा भएर यातायातका साधनहरु सञ्चालन भइसकेका छन् । सडक डिभिजन चौरजहारीले ति पुलहरु निर्माण गरेको डिभिजन प्रमुख धुर्वकुमार झाले जानकारी दिनुभयो । जाजरकोट – डोल्पा सडक खण्डका सबै पूलहरु निर्माण कार्य जारी रहदा जाजरकोट खण्डका ७० प्रतिशत पूलहरु निर्माण कार्य पुरा भएका छन् । साना,साना पूलहरु मात्र निर्माण कार्य जारी रहेको डिभिजन प्रमुख झाले जानकारी दिनुभयो ।

जाजरकोट –डोल्पा सडक खण्ड भित्र रहेका पूलहरु निर्माण कार्य सुरु भएसँगै सर्वाधिक अप्ठ्यारो मानिएको र टुइन मार्फत यातायातका साधनहरु वारपार गरिरहेको ठाउँ तल्लु स्थित भेरी नदीमा अब समस्य छिट्टै हल हुने डिभिजन प्रमुख झाले बताउनुभयो । अहिले जाजरकोट –डोल्पा सडक निर्माणका लागि सरकारले ५१ करोड रकम बिनियोजन गरेको छ । नलगाड जलविद्युत आयोजना (४१७ मेगावाट) , जगदुल्ला जलविद्युत आयोजना (१०६ मेगावाट) र ताँसुगाड जलविद्युत आयोजनाका ( ४ मेगावाट) साथै भेरी ए,बी र सी जस्ता आयोजनाहरु समेत यही भेरी करिडोर भित्र पर्दछन् ।

त्यस्तै नलगाड नगरपालिका –७ दानीपिपलमा निर्माण कार्य जारी रहेको ४०० केभी प्रशारण लाइनका सव स्टेशन र ३३ केभी (चौखा) प्रशारण लाइनको सव स्टेशन निर्माण स्थलहरु नलगाड नगरपालिका भित्र नै पर्दछन् । यि सबै आयोजनाहरु जाजरकोट – डोल्पा सडक खण्डकै बीचमा पर्ने भएकाले सडकको स्तरउन्तती तथा पूल निर्माणसँग विद्युत आयोजनाहरुको निर्माण कार्यले समेत गती लिने भएका हुन् ।

कहाँ पुग्यो जगदुल्ला निर्माणको कार्य

स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ । आयोजनालाइ आवश्यक पर्ने २६० रोपनी जग्गा अधिग्रहण भइसकेको र त्यसको लागि मुआव्जा समेत वितरण भइसकेको आयोजानका प्रमुख सञ्जय सापकोटाले जानकारी दिनुभयो । विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर)को काम समेत सम्पन्न भएको छ ।

 

आयोजना निर्माणका लागि २० अरव रुपैयाँ लाग्ने अनुमान गरिएको प्रमुख सापकोटाले बताउनुभयो । अर्धजलासययूक्त जगदुल्ला जलविद्युत आयोजनाको अहिले वातावरणीय अध्ययन कार्य जारी रहेको छ । एनइ इन्जिनिरिङले सो काम सम्पन्न गरेर पुस मशान्त सम्मा आयोजनालाइ प्रतिवेदन बुझाउने सम्झौता गरेको छ । त्रिवेणी स्थित भेरी नदीमा १०० मिटर लामो पुलको काम समेत आयोजना आफँैले निर्माण गरिरहेको छ । आयोजनाको विद्युत उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुइवटा भवन निर्माण कार्य चलिरहेको छ ।

वातावरणीय अध्ययन कार्य अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता , ठेकेदार छनोट प्रक्रिया समेत यो आर्थिक वर्षमा अगाडी बढाइ आउँदो आर्थिक वर्ष देखि निर्माण कार्य सुरु गर्न लागिएको छ । त्यसको लागि अहिले विद्युत खरिद बिक्री तथा सम्झौताको कामका लागि आवश्यक सहकार्य भइरहेको । त्यस्तै वृत व्यवस्थापनका लागि बिभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको बताएको छ । यो वर्ष विद्युत खरिद ,विक्री सम्झौता ( पिपिए) र व्यवस्थापन सक्ने लक्ष्य लिइएको छ ।

अहिले आयोजना स्थल सम्म जान र आउनका लागि इल,निल दहमा पुल आयोजना आफँैले निर्माण गर्ने भएको छ । जाजरकोट –डोल्पा सडक खण्डको त्रिवणीबाट –इल सम्माको ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आवह्वान गरेर अघिललो वर्षदेखि काम भइरहेको छ । त्रिवेणी देखि जगदुल्ला गाउँपालिका –१ र २ मा पर्ने गाइगाउँ ४५ किलोमिटर सडक खण्डको ६ महिना भित्र सडक निर्माण गर्ने लक्ष्य रहेको प्रमुख सापकोटाले बताउनुभयो ।





error: Content is protected !!