स्वास्थ्यकर्मीले फिर्ता गरे तलव ,भत्ता

जाजरकोट – स्वास्थ्य सेवा कार्यालयले कोभिडको समयमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाइ दिएको तलव , भत्ता स्वास्थ्यकर्मीले फिर्ता गरेका छन् ।

स्वास्थ्य सेवा कार्यालयले झण्डै ४० लाख रुपैयाँ उपलव्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकम भन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । २३ लाख प्रदेशबाट प्राप्त रकमलाइ दामासाही तलव, भत्ता उपलव्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगत रुपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलव्ध गराएको तलव भत्ता पुर्ण फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालयल जाजरकोटका प्रमुख टिकाराम जैसीले बताउनुभयो ।

तलव ,भत्ता वितरण गर्दा न्याय समानता भन्दा पनि सबैको चित बुझाउने खालको भएका कारण आफूहरुले सो रकम फिर्ता गरेको एक स्वास्थ्यकर्मीले बताएका छन् । लामो समय देखि तलव ,भत्ता नपाएका स्वास्थ्यकर्मीले धेरै संर्घष पछि पाएको रकम समेत असमानता भएको भन्दै आक्रोष पोखेका हुन् ।

्त्यस्तै स्वास्थ्य सेवा कार्यालयका कर्मचारी बीचमा द्धन्द्धका कारण काम गर्न मुस्किल भएको कर्मचारीहरु बताउँछन् ।





error: Content is protected !!