गतिलो कालोपत्रे नगरेको भन्दै स्थानीयले गुहारे सिडिओ र डिएसपी

हेमन्त केसी
जाजरकोट ः जाजरकोट राष्ट्रिय गौरबको आयोजना मध्य पहाडी पुष्पलाल लोकमार्ग अन्तरर्गत जाजरकोट खण्डमा काम सुरु भएलगत्तै स्थानीयले अवरोध गरेका छन् ।

जाजरकोटमा गर्न लागिएको कालोपत्रे गुणस्तर राम्रो नभएको भन्दै स्थानीयवासीहरुले प्रमुख जिल्ला अधिकारी ,डिएसपी र लोकमार्गका कर्मचारीलाइ समेत ध्यान आक्रर्षण गराएका छन् । । अहिले पहिलो खण्डको कुदुदेखि कार्कीगाउँसम्म ३५ किलोमिटर सडक कालो पत्रे गर्न सुरु भएको छ । स्थानीय यूवा दिनेश गौतमले ठेकेदारलाइ राम्रोसँग काम गर्न आग्रह गर्दा उल्टै धमक्याउदै हिडेको आरोप लगाउनुभएको छ । पो धेरै पुस्ता सम्म हिड्ने सडक भएकाले गुणस्तरमा ध्यान दिन आग्रह गर्दा ठेकेदारले आज राती नै भत्किेपनि आफ्नो टाउको दुखाइ नहुने भन्दै धमक्याएको बताउनुभयो ।

गुनासो सुन्न जगतीपुर पुग्नुभएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा , डिएसपी मधुकुमार थापा र मध्यपहाडी लोकमार्ग प्राविधिक रविन कार्कीलाइ स्थानीयवासीले यस्तो पीडा सुनाएका हुन् । पटक , पटक आग्रह गर्दा पनि माग सुनुवाइ नभएपछि प्रजिअसँग गुनासो गरेको स्थानीयवासी केशव शर्माले आग्रह गनुभयो । प्रजिअ देवकोटाले गुणस्तर कम भएको ठाउँमा तत्काल फेरी काम गर्न निर्देशन दिनुभएको छ । काम भइरहेको सडकको स्थलगत अनुगमण गर्दा मध्यपहाडी लोकमार्गको कुदु देखि जगतीपुर सम्म सडकको गुणस्तर कम रहेको पाइएको थियो । मोडहरु नमिलाएको , सडकको किनाराहरुमा माटोले पुरेको लगाएका कामहरु आएको पाइएको थियो । प्रजिअको निर्देशन पछि निर्माण कम्पनीले बाँकी काम गर्न सहमत भएका छन् । गुणस्तरको काम नभए सम्म काम अगाडी बढ्न नदिने समेत स्थानीयले आक्रोष पोखेका छन् ।
पूर्वपश्चिम यो लोकमार्गको कुल लम्बाइ १ हजार ७ सय ७६ किलोमिटर रहेको छ ।

जसमध्य जाजरकोटमा ८२ किलोमिटर सडक पर्दछ । ८२ किलोमिटर मध्य पहिलो चरणमा कुदुुदेखि कार्कीगाउँसम्म ३५ किलोमिट सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ । २ बर्ष पहिले शर्मा सिंह एण्ड ब्रोदर्श कम्पनीले करिब १ अर्ब लागतमा कुदु —कार्कीगाउँ खण्डमा स्तरउन्नति र कालोपत्रे गर्न मध्यपडाडी आयोजनासंग ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको २ बर्ष ६ महिनाको अबधिमा ८० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । सम्झौता अबधि पहिले नै काम सक्ने गरी सडक निर्माणको काम गरे पनि अघिल्लो आर्थिक बर्ष र यो बर्षको लकडाउनले समस्या सिर्जना गरेको कम्पनीको प्रमुख विश्वास उप्रेतिले बताउनुभयो ।


द्रुत गतिमा काम गरे पनि विश्वब्यापी कोरोनाको प्रभाबले जटिलता आयो उप्रेतिले भन्नुभयो । अहिले मध्यपहाडी आयोजना योजना कार्यलय दैलेखको प्रत्यक्ष निगरानिमा सडक निर्माण कार्य भइरहेको भएपनि काममा स्थानीयको चित दुखाइ रहेको छ । यो आयोजनाको रुकुम पश्चिमदेखि दैलेखसम्म योजना कार्यालय दैलेखले हेर्ने गरेको छ । कामको गुणस्तरीयता कायम गर्न आबश्यक प्राबिधिक सल्लाहमा कालोपत्रे गर्ने काम भइरहेको आयोजनाका इन्जिनियर रबिन काकीले बताउनुभयो । स्थलगत अनुगमन र निरीक्षणका साथ काम हुदै छ उहाँले भन्नुभयो । मौसमि प्रतिकुलता र स्वास्थ्य सम्बेदनशिलता सबै हेरेर काम गर्नु पर्ने बाध्यता रहेकोले भनेजस्तो काममा गति दिन भने सकिएको छैन इन्जिनियर कार्कीले भन्नुभयो ।

मध्यपहाडका २३ जिल्लालाइ पूर्ब पश्चिम जोड्ने यो लोकमार्ग निर्माणको कामले अहिले जाजरकोटमा पनि तिब्रता पाएको छ । कुदु — कार्कीगाउँसम्म ३५ किलोमिटर कालोपत्रे गर्ने काम आउदो असोससम्म काम सम्पन्न गर्ने गरी कम्पनीले आयोजनासंग सम्झौता गरेको हो । अघिल्लो बर्ष र यो बर्षको लडाउनले सडक निर्माणको काममा बाधा गरेको कम्पनीले जनाएको छ । प्रतिकुल परिस्थितिमा पनि सकड निर्माणको काम कम्पनीले गर्दै आएको छ । मौषमी प्रतिकुलता र जिल्लामा निषेधाज्ञाको समय पनि सडक निर्माणको कामले गर्दा ६ सय मजदुरहरुले प्रत्यक्ष रोजगारी पाएका छन ।

नेपाल सरकारले ७० लाख जनतालाइ प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको यो लोक मार्गको निर्माणले जाजरकोट पनि आय आर्जन, रोजगारी बृद्धि , बसाइ सराइ नियन्त्रण र सर्भिस सेन्टरहरु नजिक हुने बिश्वास लिएको को छ त्यसैगरी आर्थिक, सामाजिक, पर्यटकीय क्षेत्रको विकास पनि टेवा पुग्ने छ ।





error: Content is protected !!