मन्त्रीको विषयमा छलफल गर्न माओवादी स्थायी कमिटिको बैठक बस्दै

काठमाडौँ ः देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको विषयमा छलफल गर्नका लागि केही बेरमा नेकपा ( माओवादी केन्द्र) को वैठक बस्न लागेको छ । केही बेरमा हुने बैठकमा माओवादी केन्द्रले सबै स्थायी कमिटिका सदस्यलाइ बैठकमा बोलाएको छ । आज बेलुकी ५ बजे देउबा प्रधानमन्त्रीको सपथ लिदै छन् । त्यस लगत्तै सानो आकारमा मन्त्री मण्डल गठन हुने एक स्थायी कमिटिका सदस्यले बताए । बैठकमा सामान्य छलफल भए पनि कसलाई सपथग्रहणमा पठाउने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिने सम्भावना रहेको छ ।





error: Content is protected !!