नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बर्हिगमनका लागि बनेको पाँच दलीय विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा सुरु भएको छ।

सर्वोच्च अदालतले संसद् पुनस्स्थापना गर्ने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो।

सर्वोच्चले प्रधानमन्त्री ओलीले जेठ ८ गते दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि गठबन्धनले छलफललाई तीव्रता दिएको हो।

सर्वोच्चले संविधानको धारा ७६ (५) अनुसार देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न र साउन ३ गते बेलुका ५ बजेसम्म संसद् बैठक बोलाउन भनेको छ।

अब कांग्रेसलाई समर्थन गर्नेहरूको सरकार बन्छ। छलफलमा पावर सेयरिङको विषयमा सरसल्लाह हुने नेपाली कांग्रेसका सहमहामन्त्री डा महतले बताए। ुएमालेको एक समूहले हामीलाई समर्थन गरेको छ। सर्वोच्चको फैसलाले दलीय ह्विप पनि नलाग्ने भएको छ। कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्ने विश्वास छ, उनले भने।

संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीबाट आह्वान भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी, माओवादी केन्द्र, एमाले नेपाल पक्षका २६ जना र जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी दुर्गा पौडेलसहित १४९ जनाको हस्ताक्षरसहित दाबी गरेका थिए।

बैठकमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी छन्।

यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्ण बहादुर महरा, वर्षमान पुन, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ सहभागी छन्।

नेपालसहित एमालेबाट, रघुजी पन्त सहभागी छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेल छन्।





error: Content is protected !!