राहतको पखाइमा बाँसपानीका पहिरो पीडित

जाजरकोट – अविरल वर्षासँगै आएको पहिरोले विहान भेरी नगरपालिका –२ वाँसपानीका ५ वटा घरमा क्षती बनाएको छ ।
पहिरोले १ दर्जन भन्दा बढीहरु जोखिममा परेको स्थानीयले बताएका छन् । १३ घरधुरीलेले घर नै छाडेर नजिकै रहेको त्रिभुवन आधारभुत विद्यालयमा बास बस्न बाध्य भएका छन् । पहिराले कृष्ण विक, काली कामी, नरजीत वली, वलवीर विक र ठेरो कामीको घरमा क्षति पुगेपछि उहाँहरु अहिले विद्यालयमा आश्रय लिन पुग्नुभएको स्थानीय बिर्खबहादुर कार्कीले बताउनुभयो । त्यस्तै विस्थापित १३ परिवार विस्थापित परिवार समेत सोही विद्यालयमा बस्न थालेको कार्कीले बताउनुभयो ।
यस्तै पहिरो पीडितहरुले आफूहरुको दुखमा साथ दिन स्थानीय सरकार र सरोकारवालाहरुले चासो नदिएको गुनासो गनुभयो । सदरमुकामवाट आधा घन्टाको दुरीमा पहिरो गएर क्षती हुँदा सम्मा स्थानीय सरकार र अन्य सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयबासी नरजीत ओलीले बताउनुभयो । पहिरोवाट पीडित भएका परिवारहरुलाइ सवैले सक्दो सहयोग गरेर सुरक्षित बास व्यवस्थापनमा सहयोग गर्न जरुरी रहेको भेरी नगरपालिकाकी प्रवक्ता पार्वती विकले बताउनुभयो ।
सडक निर्माणले ल्यायो विपत्ती
सालघारी – तिलिङ्गे सडक निर्माण गर्दा कम्जोर भएको भूभागकै कारण अहिले पहिरो आएको स्थानीयले बताएका छन् । गाउँको माथी सो सडक निर्माण गरिएका कारण पहिरो आएको गाउँहरुले भनाइ छ । एकै पटक २ वटा सडकका मोडहरु भएका कारण जमिन कम्जोर भइ पहिरो आएको स्थानी बिर्खबहादुर कार्कीले बताउनुभयो ।










