मजदुरले ज्याला माग गदै टावर बन्द गर्दा तीन जिल्लाको फोन सेवा अवरुद्ध

जाजरकोट , २३ असार ः नेपाल टेलिकमको टावर निर्माण गर्दा मजदुरले ज्याला नपाएको भन्दै नलगाड नगरपालिका –८ गराइलाको टावर बन्द गरेका छन् ।

डोल्पा , रुकुम पश्चिमको गोतामकोटको टावरलाइ लिङक दिनका लागि यो टावर निर्माण गरिएको थियो । टावर निर्माण गरेको लामो समय सम्म मजदुरलाइ ठेकेदारले उपलव्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हिरालाल बटालाले बताउनुभयो । हप्ता दिन देखि टावर बन्द गरिदा जाजरकोटको नलगाड नगरपालिका , रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावरहरु बन्द भएका छन् । मजदुरले रकम नपाए सम्मा टावर नखोल्ने अडान लिएका कारण समस्य भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ । झण्डै २ लाख रकम ठेकेदारले मजदुरलाइ दिन बाँकी रहेको पीडितले बताएका छन् ।
करिव दुइ वर्ष लगाएर निर्माण गरेको टावर सञ्चालनमा आएको तीन महिना नवित्दै मजदुर आन्दोलित भएर सञ्चार सम्पर्क विच्छेद भएको छ । टावर नहुँदा आर्थिक वर्षको अन्तिममा समस्य भएको डोल्पा मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले बताउनुभयो ।
मजदुरलाइ पटक , पटक आग्रह गर्दा पनि टावर नखोल्दा समस्य भएको जाजरकोट नेपाल टेलिकमका प्रमुख गोविन्द्र अधिकारीले बताउनुभयो । ठेकेदारको मदमासीले गर्दा मजदुर मर्कामा परेको उहाँले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!