प्रचण्डले ‘फैसला’ गरेको समाचार नेपाल टिभी, गोरखापत्र र राससले छापेपछि सूर्य थापाले भने, ‘तमासा भो ?

काठमाडौं –  प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा एमाले प्रचार प्रसार विभाग इञ्चार्ज सूर्य थापाले नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समितिको समाचारलाई ‘तमासा भो’ भनेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर पुगेर दिएको मन्तव्यलाई राससले समाचार बुलेटिनमा समेटेको छ ।

‘प्रतिनिधिसभा पुनस्थापना हुनेमा विश्वस्त छु ः प्रचण्ड’ भन्ने समाचार राससले बुलेटिनमा समेटेको थियो । सोही समाचारलाई नेपालटिभी र गोरखापत्र अनलाइनले समेत प्राथमिकताका साथ प्रकाशन गरेका थिए ।

प्रचण्डको भनाइलाई समाचार नेपालटिभी र गोरखापत्र अनलाइन तथा राससको समाचार बुलेटिनले प्रकाशन गर्नुलाई थापाले भने ‘दुर्दशा’ भनेका छन् ।

उनले सरकारी सञ्चार माध्यममा सो समाचार विपक्षीको मिडिया ट्रायल हो कि रु भनेर प्रश्न गरेका छन् ।

सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको मुद्दामा अग्रिम फैसलाकै रिहर्सल गरिएको दृष्टान्त ? भन्दै थापाले सञ्चारमन्त्री र मन्त्रालयको ध्यानकर्षण भएन कि ? भनेका छन् । उनले अन्तमा ‘तमसा भो’ भनेका छन् ।

‘नेपालटिभी र गोरखापत्र अनलाइन तथा राससको समाचार बुलेटिनको दुर्दशा ?
सरकारी सञ्चारमाध्यमहरूमा ‘विपक्षी’को मिडिया ट्रायल होकि के हो यो रु सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै”मा रहेको मुद्दामा अग्रिम फैसलाकै रिहर्सल गरिएको दृष्टान्त ?
सञ्चारमन्त्री र मन्त्रालयको ध्यानाकर्षण भएन कि ?
तमासा भो ?




सम्बन्धित समाचार


error: Content is protected !!