के सपना देख्न नपाइने होे ?

-हेमन्त केसी

कुनै पनि महान् सफलताको सुरुवात सपनाबाट हुन्छ । प्रायः सपना सुरुवातमा अपत्यरिला हुन्छन् र त्यो सपना पुरा गर्छु भन्ने मान्छे पनि । तर, समय परिवर्तनशील छ । मान्छेले गरेको सच्चा मेहनत र लगनअनुसारले समय परिवर्तन भइरहन्छ । त्यसैले यो दुनियाँमा असम्भवजस्तो कुरा केही नभएको मानिसहरूले बुझ्न थालेका छन् । त्यसो त हेर्ने हो भने आजसम्म मानिसले जति पनि सफलता प्राप्त गरेका छन्, ती सबै प्रायः सुरुवातमा असम्भवजस्तै देखिन्थे । चाहे त्यो सपना ३४० इसापूर्वको अलेक्जेन्डर महान्को विश्व बिजयी सपना होस् वा यस समयको एलोन मस्कको बिना चालक पनि चल्न सक्ने सवारी साधनको । एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुग्छु भन्नु, राइट ब्रदरले मानिसले हावामा उडेर यात्रा गर्न सकिन्छ भन्नु, रोनाल्ड रेगनले मान्छे चन्द्रमा पनि जान सक्छ भन्नु, प्रायः त्यो समयमा यी कुरा हास्यास्पद र असम्भव लाग्थ्यो होला, तर ती सबै कुरा मानिसले प्राप्त गरे ।

त्यसैले सपनाले मानिसलाई ताकतवर बनाइदिएको हुन्छ र त्यही सपनाले मानिसलाई सफलताको बाटोमा डोराइ पनि रहेको हुन्छ ।
धेरै मानिस सपना पूरा गर्न नसकिने डरले सपना नै देख्दैनन् । उनीहरूको साथमा जहिले पनि बहाना तयार हुन्छ । कहिले परिवारको, कहिले साथीभाइको तथा कहिले समयको बाध्यताको बहाना बनाउने चलन मानिसले आफ्नो सुविधाका लागि नै बनाउँछ । यस्तै, आफ्नो गच्छे र दक्षअनुसारको सपना देख्नुपर्छ भन्ने मानिसहरूको पनि कमी छैन यो संसारमा । सत्यता यदि त्यही हो भने मानिसले आफ्नो गच्छे र दक्षअनुसारले सपना देखेको भए अब्राहम लिङ्कन, महात्मा गान्धी, अल्बर्ट आइन्स्टाइन, थोमस अल्बा एडिसन, बिल गेट्सजस्ता मानिसहरूलाई हामीले चिन्दैनथ्यौ होला । यदि यस्ता व्यक्तिहरूले अरू मानिसहरूको चाहनाअनुसारले आफ्नो सपनालाई खुम्च्याएको भए आज हामी फरक दुनियाँमा बाँचिरहेका हुने थियौं ।
तर, सपना देख्नु र त्यसलाई प्राप्त गर्नु त्यति सजिलो पनि छैन । पहिलो त धेरै मानिसको जीवनमा केही सपना नै हुँदैन । उनीहरू बिनालक्ष्य तथा उद्देश्य जीवन बाँचिरहेका हुन्छन् । अझ कहिलेकाहीं त उनीहरू बाँचिरहेका छन् कि छैनन् भनेर पनि शंका लाग्छ । किनकि उनीहरू दैनिन्दिनी नै जिन्दगी बाँच्नु हो भन्ने भ्रम पालेर बसेका हुन्छन् । जसका सपना हुन्छन्, उनीहरूमध्ये पनि धेरैले आफ्नो सपना साकार पार्न काम गरिरहेका हुँदैनन् । मात्र समय व्यतीत गरिरहेका हुन्छन् । किनभने उनीहरूलाई राम्रोसँग थाहा छ कि बाटो आगाडि कठिन हुने वाला छ । सामान्य मानिसले जोखिम लिन चाहन्न । त्यसैले उसका सपना सपनामात्र रहिरहन्छन् । मानिसले जोखिम नलिने तथा नयाँ काम वा परिस्थितिको सामना गर्न डराउने हो भने पृथ्वीमा आज विकास भएका कुनै पनि साधन वा व्यवस्था हुँदैनथ्यो होला । आज पनि मानिस आप्mनो समूह बनाएर जंगलमा नै गुजारा चलाएर बसिरहेका हुन्थ्यो होला ।

त्यसैले जो मानिस संघर्ष गर्नका लागि तयार छ, आखिर जित उसैको हुन्छ र उसैको जीवन सार्थक पनि हुन्छ । लक्ष्य प्राप्तिका लागि गरेको संघर्षले मानिसलाई आफैंसँग अझ बढी परिचित गराइदिन्छ । विभिन्न अप्ठेरो र असफलताले उसलाई ऊसँग भएको क्षमता र दुर्बलता पहिचान गर्ने मौका मिलेको हुन्छ, जसका कारणले मानिसले आफूमा क्रमिक सुधार गर्दै लैजाँदा मानिस सफलताको नजिक पुगिरहेको हुन्छ । तर, एकथरी मानिस बदलिन चाहँदैन तर सपना भने देखिरहन्छ । सपना देखेपछि त्यसलाई पूरा गर्न कतिले गलत बाटो पनि समाउँछन् ।

जब मानिस सपना देख्छ तब ऊ आफ्नो यथास्थितिबाट बाहिर निस्कन्छ र लक्ष्य प्राप्तिका लागि मेहनत गर्न सुरुवात गर्छ । आजको समयमा सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा कतै लुकेको पनि छैन ।

सपनाहरु पुरा हुँदै ?

केही दिन अघि भेरी नगरपालिका – १ बडालेकमा विमानस्थल निर्माणका लागि भेरी नगरपालिकाले पहल सुरु गरेको भन्दै नगरप्रमुख चन्द्रप्रकास घर्तीले सामाजिक सञ्जालमा लेख्नुभयो । सोही दिन संयोगले पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको रेडियो सानीभेरीको अन्तरवार्ता समेत बडालेकमा विमानस्थलको कुरा उल्लेख गर्नुभएको थियो । यो उहाँहरुको सपना थियो । खासमा अग्ला डाडाहरुमा निर्माण हुने विमानस्थलमा मध्य वडालेक एक आफैंमा धेरै ठाउँमा देखिने र रमाउन चाहानेहरुका लागि एक आक्र्रषक स्थलमा रुपमा देखा पदै आएको छ ।

यसलाइ साचिक्कै सफल बनाउन सकियो भने जाजरकोट मात्र नभएर अन्य जिल्लाका नागरिकहरु मात्र नभइ पर्यटन क्षेत्रमा समेत ठुलो उपलब्धी हात पर्न सक्ने हिमाल आरोहीहरुको तर्क छ । बडालेक आफैंमा एक एतिहासिक स्थल हो ,जसले यो देशको परिवर्तका लागि आफूले बम ,बारुद सहेर पनि परिवर्तनका खातिर भारी योगदान गरेको छ । त्यो लेक मात्र नभएर परिवर्तनको एक निसानी हो । त्यस्तै भेरी नगरपालिकाकै पहलमा फरेस्ट्रि पढाइका साथै स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भाग डिप्लोमा इन फार्मेसी पढाइ समेत सुरु भएको छ । केही महिना अघि मात्र मालिका क्षेत्रलाइ पर्यटनको मुख्य आधार बनाउनका लागि बजेट आइ कार्यान्वयको चरणमा पुगेको छ । जसले भेरी मात्र नभइ जाजरकोटकै पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने आशा लिइएको छ । ५० शश्याको अस्पताल निर्माण कार्य जारी रहेको छ ।

डाक्टर अभाव भएको भन्दै अस्पतालमा डाक्टर माग गदै तालाबन्दी गर्ने हामी जाजरकोटबासीले अहिले दैनिक १० जना डाक्टरले सेवा कार्यरत रहदा यसलाइ पनि सकरात्मक लिनुपर्ने आवाज किन नउठाउने ? जाजरकोट सदरमुकाम सम्मा पिच भइ जाजरकोट –डोल्पा सडक खण्डको रिम्ना सम्म ( भेरी नगरपालिका) पिचको काम चलिरहेको छ । अन्य सहायक मार्गका लागि समेत काम जारी रहेका छन् । २०६५ सम्मको विकासको गती र अहिले जाजरकोटको विकासको गतीलाइ हेर्दा हामीलाइ दुर्गमको पगरी गुथाइ रहेको मार्गबाट अलि बाहिर आएको जस्तो अनुभूती हुन्छ । करिव १० देखि १३ वर्षको बीचबाटै जाजरकोटमा विकास निर्माणको रुपरेखा कोरिएको पाइन्छ । जनयुद्धबाट शान्ति प्रक्रिया सुरु भएको सुरुवाती वर्ष देखि विकासको नक्साकंन सुरु भएको जाजरकोटमा अहिले केही परिणाम देखिन थालेका छन् । दीगो विकासको लक्ष्य र निर्माणका कामहरु एकै छिनमा नदेखिने भएकाले २०६५ देखि २०७० सम्मा कोरिएका विकासको परिणाम देखिएका छन् । अन्य २०७० पछि कोरिएका विकासको लक्ष्यहरु परिणाम आउने क्रम जारी रहेको छ ।

अहिले जिल्लाका सबै ठाउँमा सडक पुगेको छ । विद्युतीकारणको काम समेत जारी रहेको छ । ४ ठाउँमा सव स्टेशनका कामहरुमा प्रक्रियागत रुपमा अगाडी बढेसँगै निर्माणका काम समेत केही ठाउँमा सुरु भएका छन् । पुल ,पुलेशा ,शिक्षण संस्थामा समेत भारी निर्माणका काम भएका छन् । छिमेकी जिल्लाहरुमा २०६० मै यातायतको पहुँच रहेको थियो । हाम्रो जिल्लामा तुदी लामा भेन्चर नामक कम्पनीले बाटो निर्माण गरेसँगै राकममा हेलिकोप्टरबाट यातायातका साधनहरु उडाएर राकममा ल्याइ सवारी साधन पिस,पिसमा चलाएर जिल्लाको सिमाना सम्मा मुस्किलले आउने गरेका थिए ।

सडक निर्माण कार्यदलका तत्कालिन (कर्णेल) प्रमुख विश्ववन्धु पहाडी भन्नुहुन्छ , तत्कालिन समयमा सडक निर्माण चुनौती पूर्ण थियो । सोही समयमा शक्ति बस्नेतसँग सम्पर्क सुत्र जोडिएकै कारण सडक निर्माण गर्दा रोकिएको काम निरन्तरता दिन पाइएको थियो । अहिले जाजरकोटमा विकास भएन भनि कराएपनि खासमा जाजरकोटको भुगोल नै कडा भएको कारण चटान फोर्दा ढिला भएको र २०६२ भन्दा अघिको राजनीतिक नेतृत्वको पहुँचको अभावका कारण सडक , खानेपानी ,विद्युतमा काम हुन नसकेको तितो यर्थाथ विश्लेषण गरिदै आएको छ ।

पछिल्लो १० वर्षमा विकासको रुप देखा कोरिदा अहिले त्यसको परिणाम आउन थालेको माओवादी नेता शक्तिबहादुर बस्नेत , गणेसप्रसाद सिंह बताउनुहुन्छ । सडकमा जतीसुकै कराएपनि राज्यको नीति निर्माण तहमा नेतृत्व भएन भने विकासको काम भारी मात्रामा पछि पर्ने रहेछ भन्ने कुरा २०६३ अघिका वर्षबाट जाजरकोट हेरे पुग्ने विश्लेषण रहेको छ । नलगाड जलविद्युत आयोजनाको चर्चा २०४८ साल तीरबाट भएपनि तत्कालिन सभाषद कालीबहादुर मल्लले यसबारे चर्चा गरि जाजरकोटको विकासको सम्भावनासँग जोडिएको योजना भनि बेला ,बेलामा निर्माणको ब्याख्या गरेको पाइथ्यो ।

पछिल्लो पल्ट उनै माओवादी नेताहरुकै नेतृत्वमा नलगाड जलविद्युत आयोजना काम अगाडी बढेको छ । आयोजना निर्माणका लागि सबै भन्दा जटिल पक्ष भनेको जग्गा अधिग्रहणको काम करिव ,करिव पुरा भएको छ । नलगाड भन्दा अगाडी चर्चा भएका आयोजनाहरुको विकास हेर्दा नलगाड धेरै माथी रहेको तत्कालिन उर्जामन्त्री बर्षमान पुनले बताउदै आउनुभएको छ । यि जाजरकोटको विकास अनि संमृद्धिसँग जोडिएका सपनाहरु हुन् । भेरी नदीबाट मात्र ४ भन्दा बढी जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । दुइ वर्ष अघि देखि कस्तुरीको प्रजनन गराउनका लागि सक्लामा प्रजनन स्थल निर्माण कार्य जारी रहेको छ। हामीले ब्लेडले काट्न बितिकै रगत आएझैँ विकास खोजेका छौँ त्यो दिगो विकासको लक्ष्य अन्तरर्गत पदैन । हरेक बस्तु निर्माण र अन्त्य आफ्नै गती अनि चरण हुने गर्दछ ।

सबै भन्दा बढी योजना भेरीमै
५० शश्याको अस्पताल , विद्यतीकरण ,टेलिफोन , टावर , सरकारी लगानी वषाँैदेखि भेरी नगरपालिकामा हुँदै आएको छ । त्यसको परिणाम बल्ल देखिन थालेको छ । अन्य पालिकामा विकासको गती भेरी नगरपालिकाको स्थापनासँगै विकासको गती समेत समेत अगाडी रोपिएको थियो । अन्य पालिकाले आफ्नो स्थापनासँगै विकासका डोवहरु पुरा गदै आएका छन् । तीन तहका सरकारका आफ्नै खालका प्राथमिकता छन् । नागरिकका पनि आफ्ना खालका कामहरु छन् ।

हामीे आफ्नो अधिकार माग्दै गर्दा कर्तव्य समेत भुलेका छौँ की भन्ने बारेमा दुइ लाइन सोच्दा केही फरक पदैन । एउटा पाइला एक शाखाबाट अर्को शाखामा पुग्न दुइ महिना लाग्ने हाम्रो जस्तो झनझटीलो प्रशासनिक कामहरुले गर्दा सोचेको बेला झट्ट काम हुन नसकेको पनि साँचो हो । जिल्लाका कृषकलाइ आत्म निर्भर बनाउका लागि प्रधानमन्त्री कृषि आधुनिक परियोजना मार्फत वर्षेनी नयाँ नयाँ जोनहरु थप्दै १० वर्षे लक्ष्यका साथ काम भएको छ । पछिल्लो समय कृषक मैत्री योजना समेत व्यापक मात्रामा बढीरहेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!