छेडागाड नगरपालिकाको बजेटको पूर्णपाठ

छेडागाड नगरपालिकाको पाँचौ बजेट अधिवेशनमा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवम् उप–प्रमुख श्री सरिता वलीबाट प्रस्तुत बजेट वक्तव्य
पाँचौ बजेट अधिवेशन तथा दशौं नगर सभाका सभाअध्यक्ष महोदय,
नगरसभाका सदस्यज्यूहरु,
सम्पूर्ण राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु,
सञ्चारकर्मी एवम् पत्रकारज्यूहरु,
नगरपालिकास्थित सुरक्षाकर्मीहरु,
नागरिकसमाजका प्रतिनिधि, तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधीज्यूहरु, बिभिन्न क्षेत्रमा कार्यरत समाजसेवी, बुद्धिजीवि, शिक्षक, पत्रकार, उद्योगी, व्यापारी, ज्येष्ठ नागरिक, नागरिक समाज, युवा, बालबालिका, दलित तथा अल्पसंख्यक, एकल महिला, शहीद परिवारका सदस्यहरु, फरक क्षमता भएका व्यक्तित्वहरु, बालबालिका, कर्मचारी, सुरक्षाकर्मी, एवम् यस गरिमामय नगरअधिवेशनमा उपस्थित सम्पूर्ण आदरणीय छेडागाडबासी आमाबुवा, दाजुभाइ तथा दिदीवहिनीहरु,
यस नगरपालिकाको आव२०७८/ ०७९ को लागि पाँचौ बजेट अधिवेशनको समुदघाट्न समारोहका अध्यक्ष एवं नगरसभा अध्यक्षज्यू तथा नगरसभा सदस्यज्यूहरु र उपस्थित सम्पूर्ण महानुभावहरुमा छेडागाड नगरपालिका र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु।
द्द। नेपाल राज्य लगायत सम्पूर्ण विश्व नै कोभिड(१९ (कोरोना भाईरस) महामारीको दोस्रो लहरले आक्रान्त भइरहेको यस चुनौतीपूर्ण र असहज अवस्थामा बसिरहेको छेडागाड नगरपालिकाको गरिमामय दशौ नगरसभामा आर्थिक वर्ष ०७८/ ७९ को बजेट प्रस्तुत गर्न गइरहेको छु।
घ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको यस नगरपालिकाको पाँचौ बजेट अधिवेशनको अवसरमा सर्वप्रथम देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात, अज्ञात वीर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणगर्दै शहीदका परिवारहरुप्रति हार्दिक समवेदना तथा सम्मान प्रकट गर्दछु। साथै सम्पूर्ण घाइते, अपाङ्ग तथा बेपत्ता नागरिकहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। यस नगरपालिकाको परिकल्पना साकार पार्न विकास निर्माण र उत्थानमा महत्वपूर्ण भूमिका खेल्नुहुने विभिन्न क्षेत्रका महानुभावहरुको योगदानको उच्च कदर गर्न चाहन्छु।
द्ध। कोभिड(१९ महामारीका कारण मानव जातिमाथि शताब्दीकै सबैभन्दा ठूलो सङ्कट पैदा भएको छ। नेपालमा मात्रै हैन विश्वस्तरमै यस महामारीविरुद्ध लड्न मौजुदा स्वास्थ्य सेवा र सुविधाहरु अपर्याप्त देखिएका छन्। यस महामारीबाट लाखौं मानिसको ज्यान गइसकेको छ र अरु लाखौं सङ्क्रमित छन्। यस महामारीबाट सङ्क्रमित भई नेपाल बाहिर र नेपालमा जीवन गुमाउनुहुने नेपाली तथा अन्य मित्रराष्ट्रका नागरिकहरुका शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उपचाररत संक्रमित व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
छ। नेपाल सरकार ९मन्त्रिपरिषद्० को मिति २०७३र११र२२ को निर्णयानुसार जाजरकोट जिल्लाका साविकका कार्कीगाउँ, झाप्रा, साल्मा, दशेरा, सुवानाउली र पजारु ९वडा नं। ३ देखि ९ सम्म० गा।वि।स।हरु समाहित भई छेडागाड नगरपालिका गठन भएको हो। पूर्वमा भेरी नगरपालिका, पश्चिममा सुर्खेत र दैलेख जिल्ला, दक्षिणमा सुर्खेत र सल्यान जिल्ला र उत्तरमा जुनिचाँदे गाउँपालिकाको बीचमा अवस्थित यस नगरीको कूल जनसंख्या ३५,२९५ जना रहेको छ। १३ वटा वडामा विभाजित यस नगरपालिकाको कूल क्षेत्रफल २८४।२० वर्ग कि।मि। रहेको छ। यस नगरपालिकाको दशेरामा स्नातक तहसम्मको पठनपाठन हुने एउटा क्याम्पस पनि रहेको छ। छेडागाड, सरुगाड, सुवागाड जस्ता नदीनालाहरु भएको साथै कृषि उद्योग, जलश्रोत र खानीको प्रचूर सम्भावना बोकेको नगरपालिका भएको हुनाले पनि हाम्रो नगरपालिका प्राकृतिक सम्पदाको धनी मानिन्छ।
सभाध्यक्ष महोदय,
ट। यस नगरपालिकाको आ।व।०७८।०७९ को योजना छनौट गर्दा कोभिड(१९ ले मुलुक निषेधाज्ञाको अवस्थामा रहेकोले सहभागितामूलक योजना तर्जुमा प्रक्रियाका मौजुदा उपायहरु अवलम्बन गर्न सक्ने परिस्थिति रहेन। जसले गर्दा सहभागितामूलक योजना तर्जुमाका वैकल्पिक उपायहरुको अवलम्बन गरी प्रस्तुत बजेट निर्माण गरिएको छ। उपलब्ध श्रोत साधनको कमी र जनताका मागहरु अत्यधिक हुने भएकोले निश्चित मापदण्डका आधारमा योजनाहरु प्राथमिकीकरण गरी छनौट गर्नुपर्ने हाम्रो चुनौती बनेको छ।
सभाध्यक्ष महोदय,
यस नगरपालिकाले आगामी आ।व।को योजना तर्जुमा गर्दा तपसिलका प्राथमिकीकरणका आधारहरु तयार गरेको छु। अब म योजना प्राथमिकीकरणका आधारहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु।
ठ। प्रस्तुत बजेट तथा कार्यक्रम निर्माण गर्दा तथा आयोजना प्राथमिकीकरण गर्दा निम्न आधारहरु लिएको छु।
ड्ड कोभिड(१९ ले सृजना गरेको चुनौती सामना गर्न आइसोलेशन व्यवस्थापन एवम् संक्रमण रोकथाम तथा उपचारको व्यवस्था गर्ने।
ड्ड जनस्वास्थ्य र उपचारात्मक स्वास्थ्यको साथै स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रको सबलीकरण गर्ने।
ड्ड कृषि उत्पादन र उत्पादकत्व बृद्धि गरी धेरैभन्दा धेरै नागरिकका लागि रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने। कृषकलाई प्रविधि हस्तान्तरण गर्ने, कृषकलाई परामर्श दिन जनशक्ति व्यवस्थापन गर्ने।
ड्ड भोलिको समाजलाई दिशा निर्देश गर्ने शिक्षा क्षेत्र निषेधाज्ञाबाट अत्यधिक आक्रान्त भएको अबस्थाबाट पुनरुत्थान गर्ने प्रवन्ध मिलाउने।
ड्ड चालु आर्थिक वर्षमा सम्झौता गरी सञ्चालनको क्रममा निषेधाज्ञाको कारणले सम्पन्न हुन नसकेका आयोजनाहरुलाई निरन्तरता दिने।
ड्ड निर्माणाधिन वडा कार्यलय भवन नभएका वडाहरुमा अनिवार्य वडा कार्यकालय भवन निर्माण सम्पन्न गर्ने।
ड्ड वडा कार्यालयसम्म सडक पहुँच सुनिश्चित गर्ने।
ड्ड प्रकोष व्यवस्थापन एवम् उद्धार, राहत र पुनर्लाभको लागि आवश्यक बजेट विनियोजन गर्ने।
ड्ड सहकारी क्षेत्रमार्फत् नागरिकलाई रोजगारी सिर्जना गर्ने।
ड्ड गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र आयआर्जन बृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने।
ड्ड आन्तरिक राजस्व बृद्धि र परिचालनमा योगदान पुर्याउने, स्थानीय श्रोत, साधन, श्रम र सीप र प्रविधिमा आधारित, लैंगिकमैत्री तथा समावेशिता प्रवर्द्धनमा प्रत्यक्ष सहयोग पुर्याउने आयोजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने।
ड्ड स्थान विशेषको संस्कृती र पहिचान प्रवर्धन गर्ने, दिगो विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने, बजारमा पहुँच बृद्धि गर्न सघाउ पुर्याउने आयोजनाहरु सञ्चालन गर्ने,
ड्ड कम लागतमा बढी लाभ लिन सकिने आयोजनाहरु, विपन्न वर्ग र क्षेत्रका बासिन्दानहरुलाई प्रत्यक्ष फाइदा पुग्ने खालका आयोजनाहरु।
ड्ड वातावरणमैत्री एवं जलवायु परिवर्तन अनुकूलनमैत्री आयोजनाहरु।
ड्ड लागत साझेदारी र जनसहभागिता जुट्ने आयोजनाहरु।
ड्ड भौगोलिक सन्तुलन कायम गर्न सहयोग गर्ने आयोजनाहरु।
श्रद्धेय सभाध्यक्ष महोदय,
अब म यहाँहरुसमक्ष “समृद्ध छेडागाड, हाम्रो भविष्य” भन्ने मूल नाराका साथ प्रस्ताव गरिएको चालु आ।व। ०७७र०७८ को हालसम्मको कार्यक्रम कार्यान्वयनको समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु।
ड। चालु आ।व। २०७७र७८ को हालसम्मको यथार्थ आय विवरण यसप्रकार छः
ड्ड संघीय सरकारको वित्तीय समानीकरण अनुदान रु ११ करोड ५० लाख प्राप्त भएको छ।
ड्ड संघीय सरकार सशर्त अनुदान रु ३१ करोड ७६लाख ५४ हजार ६१० प्राप्त भएको छ।
ड्ड विषेश अनुदान रु १ करोड ५६ लाख ६ हजार प्राप्त भएको छ।
ड्ड समपुरक अनुदान रु १८ लाख प्राप्त भएको छ।
ड्ड संघीय सरकार राजश्व बाडँफाड रु।७ करोड ७३ लाख ३० हजार २४० मात्र प्राप्त भएको छ।
ड्ड प्रदेश सरकार समानिकरण अनुदान रु ७० लाख प्राप्त भएको छ।
ड्ड सशर्त अनुदान प्रदेश सरकार रु २९ लाख १० हजार प्राप्त भएको छ।
ड्ड विशेष अनुदान प्रदेश सरकार रु ३ लाख ३८ हजार प्राप्त भएको छ।
ड्ड आन्तरिक आम्दानी रु५५ लाख हजार मात्र संकलन भएको छ।
ड्ड
ड्ड यसरी जम्मा रु ५४ करोड ३१ लाख ३८ हजार ८५० प्राप्त भएको छ।
ड्ड त्यसै गरी, चालु आ।व। २०७७र०७८ मा संघीय सरकार, प्रदेश सारकार र स्थानीय स्रोतबाट प्राप्त समानिकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान विशेष अनुदान गरी चालुतर्फ कुल विनियोजन बजेटको ७४.०६ प्रतिसत खर्च भएको छ भने पुजिगत तर्फ जम्मा विनियोजन बजेटको ३०.६० प्रतिसत मात्र खर्च भएको छ।
सभाध्यक्ष महोदय,
अब म चालु आव ०७७र०७८ मा क्षेत्रगत बजेटको विनियोजन र खर्चको अवस्थाबारे सभामा प्रस्तुत गर्न अनुमति चाहन्छु।
१। पूर्वाधार विकासतर्फः रु१७ करोड ५५ लाख २७ हजार ७ सय ९९ विनियोजन भएकोमा हाल सम्म २८.७८ प्रतिसत अर्थात रु।५ करोड ५ लाख १६ हजार ३ सय २१ खर्च भएको छ।
२। सामाजिक विकासतर्फः रु।३७ करोड ८४ लाख ९४ हजार ४ सय ८९ विनियोजन भएकोमा हाल सम्म ७१.८४ प्रतिसत अर्थात रु।२७ करोड १९ लाख ५८ हजार ३१ खर्च भएको छ।
३। आर्थिक विकासतर्फः रु।६ करोड ५० लाख २८ हजार ४ सय ७४ विनियोजन भएकोमा हाल सम्म ३३.६३ प्रतिसत अर्थात रु। २ करोड १८ लाख ६९ हजार ३ सय ३५ खर्च भएको छ।
४। त्यसै गरी वित्तीय व्यवस्था तथा सुशासनतर्फः रु। ५ करोड ९७ लाख ६७ हजार १ सय ९ विनियोजन गरेकोमा हाल सम्म ८१.८६ प्रतिसत अर्थात रु४ करोड ८९ लाख २४ हजार ५ सय ५६ खर्च भएको छ।
५। कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फः रु।११ करोड २८ लाख ११ हजार ६ सय ६७ विनियोजन भएकोमा हाल सम्म ६४ प्रतिसत अर्थात रु ७ करोड २६ लाख १८ हजार ५ सय २२ मात्र खर्च भएको छ।
आदरणीय सभा अध्यक्षज्यू,
अब म आगामी आव ०७८र७९ को बजेटको सोच ९ख्ष्कष्यल०, लक्ष्य र उद्देश्य प्रस्तुत गर्दछू।
सोच ९ख्ष्कष्यल०स्
यस बजेटको सोच ूआत्मनिर्भर र समृद्ध छेडागाड नगरपालिका र सुखी छेडागाडबासीू रहेको छ।
लक्ष्यः
उपलब्ध श्रोत(साधनको समुचित उपयोग, व्यवसायिक उत्पादन र न्यायोचित वितरणमार्फत् आत्मनिर्भर, समृद्ध र समुन्नत छेडागाड नगरपालिका बनाउने यस बजेटको लक्ष्य तय गरेको छु।
उद्देश्यः
ड्ड छेडागाड नगरपालिकामा उपलब्ध भौतिक तथा प्राकृतिक श्रोत(साधन तथा मानवीय संसाधनको उचित उपयोगमार्फत् व्यवसायिक उत्पादनमा बृद्धि गरी उपलब्ध अवसरको न्यायोचित वितरण गर्दै नगरबासीहरुको जीवनस्तरमा सुधार गर्ने।
ड्ड शिक्षा क्षेत्रमा लगानी वृद्धि गरी सक्षम र क्षमतावान नागरिक तयार गर्ने।
ड्ड कोभिड(१९ ले आर्थिक क्षेत्रमा पारेको प्रभावको न्यूनीकरण गर्दै पुनरुत्थान गर्ने।
ड्ड सबै नागरिकलाई सुरक्षित र स्वस्थ रहने वातावरण सिर्जना गर्ने।
ड्ड वडा कार्यालयहरु आफ्नै भवनहरुबाट सेवा संचालन गर्ने व्यवस्था मिलाउने।
ड्ड सूचना प्रविधिको प्रयोग सहित शिक्षा क्षेत्रलाई चलायमान र गतिशील बनाउँदै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने।
ड्ड पुराना र क्रमागत दायित्व भएका आयोजनाहरुलाई निरन्तरता दिई उचित प्रतिफल दिने आयोजना संचालन गर्ने।
ड्ड नगरपालिकाको सेवा प्रवाहमा नागरिकको पहुँच तथा अपनत्व अभिबृद्धि गर्ने।
ड्ड पारदर्शिता र जवाफदेहिता बृद्धि गर्दै असल शासन कायम गर्ने।
सभाध्यक्ष महोदय,
अब म आ।व।२०७८र०७९ को बजेटका अपेक्षित उपलब्धी प्रस्तुत गर्ने अनुमति चाहन्छु।
ड्ड कोभिडपछिको आर्थिक प्रणाली गतिशील र चलायमान हुनेछ।
ड्ड निर्माणाधिन वडा कार्यालयका भवनहरुको निर्माण सम्पन्न हुनेछन्।
ड्ड पुराना आयोजना सम्पन्न हुनेछन्।
ड्ड कोभिड(१९ को प्रभाव निष्प्रभावी हुनेछ।
ड्ड कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरी बहुसंख्यक नागरिकले उक्त क्षेत्रबाट लाभ पाएका हुनेछन्।
ड्ड आर्थिक तथा सामाजिक असमानता र विभेद अन्त्य गर्दै आत्मनिर्भर नगरपालिका स्थापनामा सहयोग पुग्नेछ।
ड्ड सहज जीवनयापन र समुन्नत नगरपालिका निर्माणका लागि आवश्यकताको आधारमा भौतिक पूर्वाधारहरुको विकास हुनेछ।
ड्ड प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सूचीकृत बेरोजगारहरुले रोजगारी प्राप्त गरेका हुनेछन्।
ड्ड मानव अधिकारको संरक्षण तथा सामाजिक न्यायको प्रवर्द्धन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा नागरिकको सहज पहुँच स्थापित गरी दक्ष जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई प्रभावकारी रुपमा परिचालन गरिनेछ।
ड्ड जलवायु परिवर्तनद्वारा सिर्जित प्रभाव तथा असरहरुसँग जुध्नका लागि जलवायु अनुकूलन, न्यूनीकरण र समानुकूलनका योजनाहरु कार्यान्वयनमार्फत् जलवायुमैत्री नगरपालिका निर्माण हुनेछ।
ड्ड भ्रष्टाचार नियन्त्रण, जनमुखी प्रशासन र सुशासनयुक्त नगरपालिका निर्माणमा सघाउ पुग्नेछ।
ड्ड ज्येष्ठ नागरिक, महिला, बालबालिका, शारीरिक रुपमा अशक्त, दलित आदिबासी वर्ग र क्षेत्रहरुलाई प्राथमिकतामा राखी लक्षित कार्यक्रमहरु सञ्चालनमार्फत् सामाजिक संरक्षणमा टेवा पुग्नेछ।
ड्ड विभिन्न गुरुयोजनाहरु ९खानेपानी, सडक, सिंचाई, विद्युत, सरसफाई० निर्माण गरी कार्यान्वय हुनेछन्।
सभाध्यक्ष महोदय,
म अब यस नगरसभामा आर्थिक वर्ष २०७८र०७९ को बजेट तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख नीति तथा आधारहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु।
ड्ड नेपालको संविधान, २०७२
ड्ड स्थानीय सरकार सञ्चालन ऐन, २०७४
ड्ड अन्तर सरकारी वित्त हस्तान्तरण ऐन, २०७४
ड्ड चालु पन्ध्रौं पञ्चवर्षीय योजना,
ड्ड संघीय सरकारका नीति, कार्यक्रम तथा बजेट वक्तव्य,
ड्ड प्रदेश सरकारका नीति, कार्यक्रम तथा वजेट वक्तव्य,
ड्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको कोभिड(१९ ले पारेको परिदृश्यमा स्थानीय तहको वार्षिक बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयहरु
ड्ड छेडागाड नगरपालिकाको आर्थिक ऐन, २०७८
ड्ड वस्ती तथा टोलस्तरीय भेला, वडा समिति हुदै सहभागितामूलक योजना तर्जुमा प्रक्रियाद्वारा आएका आयोजना तथा कार्यक्रमहरु।
ड्ड छेडागाड नगरपालिकाको क्षेत्रमा विद्यमान विकास सम्बन्धी अवसर तथा चुनौती र वस्तुस्थिति अवस्थाको विश्लेषण।
सभा अध्यक्ष महोदय,
अब म आ।व। २०७८र०७९ को बजेटका मुख्य कार्यक्रमहरु र सो शीर्षकमा विनियोजित बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु।
१। सामाजिक विकासः मानवीय मर्यादा प्रवर्द्धनको आधारः
शिक्षा क्षेत्रः
सदा चलायमान हुनुपर्ने शिक्षा क्षेत्र बन्दाबन्दीसँगै करिब करिब बन्द जस्तै बनेको छ। यस्तो विषम परिस्थितितिमा वैकल्पिक शिक्षाका उपायहरु अवलम्बन गरिनेछ। विद्यालयमा निर्माण हुने भौतिक पूर्वाधारहरु आरसीसी मोडेलमा निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छु। क्रमागत दायित्वको रुपमा रहेका विद्यालयका भवनहरुको लागि रु।१ करोड विनियोजन गरेको छु।
ड्ड एकातिर आधारभूत तथा माध्यामिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जम्मेवारी संविधानले स्थानीय तहलाई सुम्पेको छ भने अर्कोतिर विद्यालयहरुमा शिक्षक दरबन्दी अभाव भई गुणस्तरीय र प्रतिस्पर्धी नागरिक निर्माण गर्न अप्ठ्यारो पर्न गएको छ। यस्तै खालको समस्या हल गर्न ९ वटा माध्यमिक विद्यालयहरुमा मासिक रु २५ हजार तथा २२ वटा आधारभूत विद्यालयहरुमा मासिक रु १७ हजारका दरले हुने गरी नगर शिक्षक अनुदान कार्यक्रमलाई परिमार्जन सहित निरन्तरता दिएको छु। न्युनतम विद्यार्थी सख्या भई शुन्य वा एक दरबन्दीरराहत शिक्षकमा संचालित प्राथमिक विद्यालयहरुमा मासिक रु १५ हजारको दरले हुने गरी नगर शिक्षक अनुदान प्रदान गरीने छ।मावि,आवि र प्राविहरुमा हुनेगरी जम्मा रु।९८ लाख विनियोजन गरेको छु।
ड्ड शिक्षा विकास तथा समन्वय ईकाइबाट शिक्षण सिकाई अनुदानमा नियुक्ति भएका प्रावि शिक्षकको पारिश्रमिकको लागि रु।३४ लाख विनियोजन गरेको छु।
ड्ड समुदायमा आधारीत बालविकास केन्द्रहरुमा मासिक रु ५ हजार पारिश्रमिक दिने गरी एक जना कार्यलय सहयोगी नियुक्ती गरी बालविकास केन्द्रलाई वालवालिका मैत्रि बनाईनेछ।जस्को लागि रु २२ लाख ७५ हजार विनियोजन गरेको छु।
ड्ड कठिन भौगोलिक अवस्थिति, छरिएर रहेका बस्तिहरु विद्यालयको पहुँच भन्दा टाढा रहेका बालवालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याई बालवालिकाको सर्वाङ्गिण विकासमा टेवा पुरयाउन थप बस्तिहरुमा बालविकास केन्द्रहरुको स्थापना गर्न रु १९ लाख २० हजार विनियोजन गरेको छु।
ड्ड विश्वव्यापी सूचना प्रविधिको जालोले विश्व जोडीएको वर्तमाण अवस्था समेत हाम्रो नगरपालिकामा पठन संस्कृतिको अभाव एकातिर छदैछ भने हाम्रो नगरपालिकामा एउटा पनि सार्वजनिक पुस्तकालयह नहुनु आफैमा दुखद कुरा हो। तसर्थ यस्तो परिस्थितिको मध्यनजर गर्दै वडा नं ३ को दशेरामा जनज्ञानकुञ्ज पुस्तकालय सञ्चालन र व्यवस्थापनको लागि रु १ लाख ९५ हजार विनियोजन गरेको छु।
सभा अध्यक्ष महोदय,
ड्ड शुद्ध खानेपानी सबै नागरिकलाइ सुनिश्चित गर्न संघीय सरकारको विशेष अनुदान अन्तर्गत पातलपानी चाल्नेमालिका खानेपानी आयोजना निर्माण गर्न रु १ करोड ४५ लाख परिचालन गरिनेछ।
ड्ड हेल्भेटा नेपालसँगको साझेदारीमा एकघर एकधारा खानेपानीको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
२। कोभिड(१९
विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड(१९ ले संघ, प्रदेश मात्र हैन हाम्रो नगरपालिका समेत आक्रान्त बनिरहेको अवस्था छ। यस्तो त्रासदीपूर्ण अवस्था कहिले र कसरी अन्त्य हुने हो सोको यकिन हुन कठीन छ। यस्तो अदृष्य तर साझा दुश्मन विरुद्धको लडाईँ लड्नको लागि स्वास्थ्य सामग्री र आईसोलेशनमा उपचार गर्ने परिपाटीको व्यवस्थापन गर्न, औषधि खरिद तथा नगर अस्पताल संचालन तथा व्यवस्थापनको लागि रु ५० लाख विनियोजन गरेको छु।
३। स्वास्थ्य क्षेत्रः
यस नगरपालिकाको सबै वडाहरुमा आधारभुत स्वास्थ्य तथा सरसफाई केन्द्रहरु स्थापना भई संचालनमा रहेकाछन। स्वास्थ्य संस्थाहरुको स्थापना संगै सेवागाह्रिहरुको स्वास्थय संस्थामा पहुँच एकातिर बढेको छ भने आर्कोतिर औषधि तथा अन्य उपकरणको अभावलाई पुर्ति गर्नु पर्ने परिस्थित छ। कोभिड १९ को प्रवावलाई निष्प्रभावी बनाउनकोलागि समेत औषधि तथा स्वास्थ्य सामाग्री व्यवस्थापन गर्न रु ५० लाख विनियोजन गरेको छु।
४। आर्थिक विकासः
ड्ड नगरपालिकालाई कृषि उत्पादनमा क्रमशः आत्मनिर्भर बनाई गरिबी तथा भोकमरी उन्मूलन गर्न आय र रोजगारी बढाउन, कृषिको आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरणमार्फत् कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न किसानसँग मेयर कार्यक्रम अन्तर्गत किसान सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ, जसको लागि संघ, प्रदेश र नगरपालिकाको साझेदारीमा कार्यक्रम संचालन गरिनेछ। किसानलाई परामर्श र सहयोग गर्न एक वडा एक प्राविधिक जनशक्तिलाई स्वयम् सेवकको रुपमा परिचालन कार्यक्रमलाई निरन्तरता दिएको छु।
ड्ड परम्परागत र रैथाने बालीको संरक्षण गर्दै किसानको खाद्य संप्रभुताको हक सुनिश्चित गर्नु नगरपालिकाको दायित्व हो त्यसैले उक्त कार्यक्रम संचालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
ड्ड व्यवसायिक बाख्रापालन, दुग्ध विकास कार्यक्रम संचालन गरी कृषि क्षेत्रको व्यवसायिक वातावरण निर्माण गरी नगरबासीको जीवन स्तरमा सुधार गर्नकोलागि आवश्यक बजेट विनियोजन गरेको छु।
ड्ड साना तथा घरेलु उद्यमीलाई प्रोत्साहन गर्दै नगरपालिकाको औद्योगिक वातावरण तयार गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
ड्ड गाउँगाउँमा रहेको श्रम, सीप र प्रविधिको उपयोग गर्दै नागरिकलाई स्वरोजगार बनाउन सहकारीकर्मीहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
ड्ड पर्यटन क्षेत्रको प्रवर्द्धनको लागि नगर गौरवको रुपमा रहेको सुयाडा मालिका मन्दिर निर्माण कार्य सम्पन्न गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। छेडागाड नगरपालिकामा रहेका व्यापार व्यवसायहरुलाई नियमन र व्यवस्थित गर्न दर्ता प्रक्रियामा ल्याइने छ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
सभा अध्यक्ष महोदय,
५। विकासको उद्भव भौतिक पूर्वाधार, प्रतिष्पर्धा तथा सभ्यताको आधार
ड्ड निर्माणाधिन वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न रु। ५० लाख विनियोजन गरेको छु।
ड्ड यसै आ।व। मा सबै वडा केन्द्रहरुमा सडक बाटोको पहुँच सुनिश्चित गर्न वडा नं ७ को टीकाचौर र वडा नं १ को जाल्मा खामालेख लगायतका सडक निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
ड्ड पूर्वाधार विकासका कार्यक्रमहरु संघ तथा प्रदेश सरकारको साझेदारीमा सञ्चालन गरी विकासका आवश्यकता पूर्ति गर्न समपूरक कोषको रुपमा रु।२ करोड १५ लाख विनियोजन गरेको छु।
ड्ड प्रदेश सरकारसँगको साझेदारीमा मनघाट पिपलतरा अन्दरकोट सडक निर्माणको लागि रु।६० लाख विनियोजन गरेको छु। त्यस्तै मनघाट सिर्सेनि जोब्र आल सडक निर्माणको लागि रु।६० लाख विनियोजन गरेको छु।
ड्ड चालु आवमा सम्झौता भई बन्दाबन्दीको कारणले सम्पन्न हुन नसकेका आयोजनाहरुलाई चालु आवमा विनियोजन गरेको बजेटलाई निरन्तरता दिएकोछु।
ड्ड सडक, विद्यालय लगाएतका सार्वजनिक पूर्वाधारहरुको मर्मत संभारको लागि रु १ करोड ५० लाख विनियोजन गरेको छु।
६। वातावरणीय विकास र दिगो विकासः विपद् व्यवस्थापनको पूर्वाधार
ड्ड बन, वातावरण संरक्षणको लागि संघीय र प्रदेश सरकारसँगको सहकार्यमा वृक्षारोषण र हरियाली प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।
ड्ड साथै विभिन्न पर्व तथा दिवसको अवसरहरुमा पनि बृक्षारोपणलाई प्राथमिकतामा राख्न आवश्यक नीति अवलम्बन गरेको छु।
ड्ड विपदमा परेकाहरुको लागि आपतकालीन राहत कोषको स्थापना गरी सोही बमोजिम राहत उपलब्ध गराउन रु २५ लाख विनियोजन गरेको छु।
ड्ड सामुदायिक बनको वार्षिक कार्ययोजना स्वीकृतिको लागि आवश्यक प्रबन्ध गरी सामुदायिक वनको वार्षिक आयको १० प्रतिशत स्थानीय तहलाई राजश्व बुझाउने व्यवस्था मिलाइनेछ।
७। सबल सरकारः सचेत नागरिक
ड्ड छिटोछरितो सेवा प्रवाहको लागि भ्रष्टाचारमुक्त एवम् सुशासनयुक्त प्रशासन हुनु आवश्यक छ। तब मात्र नागरिकमैत्री प्रशासन हुन सक्छ। जसको लागि दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ। हामीले प्रयोग गर्दै आएको अभिलेख प्रणालीलाई वैज्ञानिक बनाउनको लागि विद्युतीय सरकारको अवधारणा लागू गरिनेछ। कुनै पनि योजना तर्जुमाको पहिलो आधार भनेको तथ्याङ्क हो। नगरको पहिचान गराउने विभिन्न खालका राष्ट्रिय अभियानहरु ९जस्तैः पूर्ण सरसफाई नगरपालिका, पूर्ण साक्षर नगरपालिका, पूर्ण खोपयुक्त नगरपालिका, बालमैत्री स्थानीय शासन नगरपालिका, वातावरणमैत्री नगरपालिका, जातीय भेदभाव र छुवाछुतमुक्त नगरपालिका, घरभित्रको धुँवामुक्त नगरपालिका आदि० सञ्चालन गरी नगरपालिकाको पहिचान स्थापित गर्न आवश्यक नीति अवलम्वन गरेको छु।
सभा अध्यक्ष महोदय,
८। युवा तथा खेलकूदः
ड्ड स्वच्छ जीवनको लागि खेलकूद भन्ने मान्यतालाई मध्यनजर गरी नियमित रुपमा स्थानीय स्तरमा खेलकूदका विभिन्न कार्यक्रमहरु समावेश गरी नगरस्तरीय खेलकूद आयोजना गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
ड्ड युवा प्रतिभा पहिचान कार्यक्रम र युवा परिचालनको लागि राष्ट्रिय युवा परिषद् नेपालसँगको सहकार्यमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
९। महिला तथा बालबालिकातर्फः
ड्ड “मानव सभ्यताको सम्मानः छुवाछूत र सामाजिक कुरीति बिरुद्धको अभियानू भन्ने नाराका साथ सामाजिक सचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
ड्ड महिला, दलित, शारीरिक अशक्त, जेष्ठ नागरिक र वालमैत्री कार्यक्रमहरु सञ्चालनको लागि रु।१० लाख विनियोजन गरेको छु।
ड्ड आमा र बुवा नभएका ५ वर्षदेखी १५ वर्ष सम्मका बालबालिकाहरु तथा ६० देखी ७० वर्ष सम्मका एकल पुरुषहरुलाई दोहोरो नहुनेगरी मासिक रु ५ सय हुने गरी सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउन आवश्यक बजेट विनियोजन गरेकोछु।
ड्ड ूमहिलासँग उपमेयर” कार्यक्रम मार्फत् महिला स्वरोजगार तथा उत्थानका कार्यक्रमहरु सञ्चालन गर्न रु। २० लाख विनियोजन गरेको छु।
सभाअध्यक्ष महोदय,
१०। संस्थागत विकास, सेवा प्रवाह र सुशासन
ड्ड कर्मचारीहरुको पारिश्रमिक, जनप्रतिनिधिहरुको यातायात सहितको सुविधा लगाएत कर्मचारीहरुको वृति विकासको लागि बिभिन्न कार्यक्रमहरु बनाई कार्यान्वयन गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। साथै क्षमता विकासका लागि विभिन्न किसिमका क्षमता अभिबृद्धि हुने खालका कार्यक्रमहरु संचालन लगाएतको संस्थागत विकास र सेवाप्रवाहको प्रबन्ध मिलाउनको लागि चालु खर्चमा १० करोड ७० लाख विनियोजन गरेको छु।
ड्ड त्यसैगरी यस छेडागाड नगरपालिकाका १३ वटै वडाहरुमा क्षेत्रफल, जनसंख्या, नगरपालिकाको केन्द्र देखिको भौगोलिक दूरी, राजस्व क्षमता र सङ्कलन, पूर्वाधार विकासको अवस्था, भारित लागत, गरिबी तथा मानव विकास सूचकाङ्कको आधारमा वडाबाटै योजना छनौट गरी तपसिल बमोजिम कार्यान्वयन गर्नको लागि रु।२ करोड ३६ लाख रकम विनियोजन गरेको छु।
तपसिल
वडा नं। विनियोजित बजेट अंकमा रु। अक्षरमा कैफियत
१ द्दज्ञढद्दद्धद्दद्ध।छढ
एक्काईस लाख बयानब्बे हजार चार सय चौबीस रुपैया उनन्साठ्ठी पैसा
२ ज्ञडद्दज्ञठठड।घघ
अठार लाख एक्काईस हजार सात सय अठहत्तर रुपैया तेत्तिस पैसा
३ द्दण्ज्ञद्धढठट।डछ
विस लाख चौध हजार नौ सय सन्तानब्बे रुपैया पचाअसी पैसा
४ ज्ञछघज्ञठटड।ठछ
पन्ध्र लाख एकतीस हजार सात सय अठसठ्ठी रुपैया पचहत्तर पैसा
५ ज्ञछद्दठद्दडज्ञ।डज्ञ
पन्ध्र लाख सत्ताईस हजार दुई सय एकाअसी रुपैया एकाअसी पैसा
६ ज्ञठढठद्धढड।छट
सत्र लाख सन्तानब्बे हजार चार सय अन्ठानब्बे रुपैया छपन्न पैसा
७ ज्ञज्ञटज्ञद्धछद्ध।छघ
एघार लाख एकसठ्ठी हजार चारसय चउन्न रुपैया त्रिपन्न पैसा
८ ज्ञढज्ञद्दछठद्द।डज्ञ
उन्नाइस लाख बाह्र हजार पाँच सय बहत्तर रुपैया एकाअसी पैसा
९ ज्ञ५२डद्धढद्द।ण्ट
पन्ध्र लाख अठ्ठाईस हजार चार सय बयानब्बे रुपैया छ पैसा
१० द्दघठण्ण्छद्द।ज्ञठ
तेइस लाख सत्तरी हजार बाउन्न रुपैया सत्र पैसा
११ ज्ञटज्ञढघढद्ध।ज्ञघ
सोह्र लाख उन्नाइस हजार तीन सय चौरानब्बे रुपैया तेह्र पैसा
१२ द्दघघद्दद्धढघ।द्धट
तेइस लाख बत्तीस हजार चार सय तिरानब्बे रुपैया छयालिस पैसा
१३ ज्ञठढण्ण्द्दण्।ढछ
सत्र लाख नब्बे हजार बीस रुपैया पन्चानब्बे पैसा
जम्मा २३६००२०९ दुई करोड छत्तिस लाख दुई सय नौ रुपैया
सभा अध्यक्ष महोदय,
वित्तीय समानिकरण, राजश्वबाडफाँड, विशेष अनुदान, समपुरक अनुदान र आन्तरिक श्रोतको विनियोजन मध्ये चलु तर्फ रु ४७ करोड १३ लाख रहेको छ भने पुजीगत तर्फ रु २० करोड ८ लाख रहेकोछ। साथै शसर्त अनुदानको खर्च शर्त अनुसार नै हुनेछ।
सभा अध्यक्ष मोहोदय,
अब म आ।व। ०७८र०७९ को लागि माथि प्रस्तावित खर्च व्यहोरीने स्रोतहरु प्रस्तुत गर्ने अनुमति चाहान्छु।
१। वित्तीय समानीकरण अनुदान संघीय सरकार रु।११ करोड ८४ लाख
२। संघीय सरकार राजश्व बाँडफाँड रु।१० करोड ७० लाख
३। वित्तीय समानीकरण अनुदान प्रदेश सरकार रु।१ करोड २५ लाख
४। प्रदेश सरकार राजश्व बाँडफाँड रु। ७७ लाख
५। सशर्त अनुदान संघीय सरकार रु।३३ करोड ७८ लाख
६। सशर्त अनुदान प्रदेश सरकार रु। ३ करोड ३० लाख
७। समपूरक प्रदेश सरकार रु।१ करोड २० लाख
८। विशेष अनुदान प्रदेश सरकार रु।६० लाख
९। विशेष अनुदान संघीय सरकार रु।२ करोड ७० लाख
१०। समपूरक संघीय सरकार रु। ५७ लाख
११। आन्तरिक स्रोत नगरपालिकाको रु।५० लाख
जम्मा रु।६७ करोड २१ लाख रहेको छ।
सभाअध्यक्षज्यू,
कुनै पनि योजनाको दस्तावेज तयार गर्नु आफैमा महत्वपूर्ण र कठिन कार्य हो। विगतमा गरिने योजना तर्जुमाभन्दा फरक ढंगले गरेको यस पटकको योजना तर्जुमाका विभिन्न चरणबाट प्राप्त प्राथमिकतामा परेका योजनाहरु हामीले छनौट गरेका छौं। विभिन्न विषयगत निकायहरु र दातृ निकायहरुबाट कार्यान्वयन गरिने योजनाहरुलाई पनि वार्षिक योजना पुस्तिकामा समावेश गरिने कुरा अवगत गराउन चाहन्छु। तर्जुमा भएको यो छेडागाड नगरपालिकाको वार्षिक योजनाको कार्यान्वयन अझ चुनौतीपूर्ण हुने महसूस गरेको छु। सम्बद्ध सबै पक्षको सार्थक सहयोगबाट तयार भएको यो बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा समेत यहाँहरुको महत्वपूर्ण भूमिका रहने विश्वास लिएको छु। यस अवसरमा छेडागाड नगरपालिकाको समग्र विकासको सन्दर्भमा प्रभावकारी भूमिका खेल्ने राजनीतिक दल, विषयगत निकायहरु, विभिन्न दातृ निकायहरु लगायत सम्पूर्णप्रति नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत यथोचित सहयोग र सद्भावको अपेक्षा गरेको छु।
अन्तमा,
हाम्रो आमन्त्रणालाई हार्दिकतापूर्वक स्वीकार गरी पाल्नुहुने यस सभामा उपस्थित अतिथि महानुभावहरु लगायत योजना तर्जुमाको प्रारम्भिक चरणदेखि बजेट सार्वजनिक गर्दासम्मका हरेक क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष संलग्न रही सहयोग पुर्याउनुहुने नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्य, वडा सदस्य, पत्रकार मित्रहरु, नागरिक समाज लगायत सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु। त्यसै गरी नगर सभा तयारीको प्रारम्भिक चरणदेखि अहोरात्र खट्ने राष्ट्रसेवक कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु। नगरपालिकाले लिएको लक्ष्य प्राप्त गर्न स्वीकृत कार्यक्रम तथा बजेट समयमै सञ्चालन तथा सम्पन्न गरी प्रतिफल प्राप्तिका लागि यहाँहरु सहित सम्पूर्ण नगरपालिकाबासीहरुको समान तथा सक्रिय सहभागिता र सहयोग रहनेछ भन्ने पूर्ण विश्वास लिएको छु।
धन्यवाद










