फोन संवादमा ओलीलाई प्रचण्डको जवाफ ः तपाईंभन्दा कांग्रेस सयौं गुणा वामपन्थी

काठमाडौं ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा नेपाली कांग्रेस सयौं गुणा वामपन्थी भएको बताएका छन्।

केही दिनअघि आफूलाई ओलीले फोन गरेर कांग्रेससँग मिलेर वामपन्थीको सरकार सिध्याउन लागेकोु भनेपछि आफूले ओलीलाई यस्तो जवाफ दिएको प्रचण्डले बताए।

केहीदिन अघि उहाँ (ओली) ले मलाई फोन गर्नुभयो र सोध्नुभयो, तपाईं शेरबहादुर र कांग्रेसलाई बोकेर हामीलाई सिध्याउन हिँड्नुभएको छ, वामपन्थी सरकार सिध्याउने अनि कांग्रेससँग मिलेर सरकार बनाउनेमा पुग्नुभयो होइनरु भन्नुभयो, विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीसँगको संवाद सुनाउँदै प्रचण्डले भने, मैले कांग्रेस त अहिले तपाईंभन्दा सयौं गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर आयो त गर्नुहुन्छ के ?

प्रचण्डले थपे, उ संविधान रक्षा गर्नुपर्छ भन्छ,तपाईं संविधान सिध्याउन हिँड्नुभएको छ। कांग्रेस लोकतन्त्रको रक्षा गर्न विदेशीको टाङमुनी छिरेर दलालहरूलाई ल्याउन थाल्नुभएको छ। अनि कांग्रेस दक्षिणपन्थी तपाईं वामपन्थी कसरी हुन्छरु भनेपछि उहाँले भाषण धेरै नगर्नुस् भन्नुभयो।

यो गठबन्धन कुनै अवसरवादी नभएको उनको जिकिर छ। केपी ओलीको निरंकुशताका कारण लोकतन्त्रवादी र वामपन्थी एकैठाउँमा आउनुपरेको उनले बताए।

अब त जनताले पनि ओली भिलेन रहेछन् भन्ने थाहा पाइसकेु प्रचण्डले भने, ुत्यसैले यो गठबन्धन सत्ता स्वार्थको लागि मात्रै होइन। यसमा शंका गर्नुपर्दैन।

हामीभन्दा राम्रा नेता ल्याए राजनीति छाड्छौं

प्रचण्डले आफूहरुभन्दा राम्रा नेता ल्याए राजनीति छाड्न तयार रहेको पनि बताए।

अब हामीभन्दा राम्रा नेता ल्याउन सकिन्छ भने त हामी छोड्न तयार छौं। प्रचण्डले सम्पादकहरूलाई भने, ुल भन्नुस् आजै, तिमीहरुले सकेनौ हामी गर्छौं भने पनि ठीकै छ।

उनले विपक्षी गठबन्धनका नेता र केपी ओली उस्तै नभएको जिकिर पनि गरे।

थोरै प्रश्न उठ्ने वित्तिकै प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री त्याग्नुभन्दा देशै डुबाइदिन्छु भन्ने केपी ओली उस्तै उस्तै हो रु सम्पादकहरूले उठाएको प्रसङ्गमा प्रतिप्रश्न गर्दै प्रचण्डले भने, शेरबहादुर देउवा र प्रचण्डहरूको बीचमा सहमति हुँदा सजिलै सहमति पालना गरेर छोड्ने उस्तै हो रु कसरी उस्तै उस्तै हुन्छ भन्यारु तपाईँहरुले पनि यसरी उस्तै उस्तै भनेपछि हामी त सारै ठूलो अन्यामा पर्यौं ।





error: Content is protected !!