निरन्तर हावाहुरी,पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन

नन्दा शाही
जाजरकोट ः भैँसी, गाइ र बाख्रा लिएर चरिचरण क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी कार्य हुन सकेको छैन ।

मंगलबार देखि हराइरहेका कुशे गाउँपालिका ८ / ९ औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीय च्रन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीय धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा नआएका हुन् ।

हावाहुरी ,पानी सहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरुलाइ खोजि कार्यका लागि प्रहरी टोलि स्थानीयवासीलाइ घटना स्थल तीर पठाएपनि त्यहाँ पुग्न नसकेको डिएस्पी मधुकुमार थापाले बताए । सोही घटनामा परि बच्न सफल भएका ४४ बर्षिय भक्तबहादुर रोकाय , १० बर्षीय इश्वर रोकाय , १४ बर्षिय दुर्गा रोकाय र ५५ बर्षिय गंगा खड्का सम्पर्कमा आएर प्रहरीलाइ खवर गरेका थिए ।
त्यस्तै जलजला पाटनमा २२ गाइ , १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार विहान मात्र घटनाका बिषयमा जानकारी आएपछि प्रहरी स्थानीयलाइ घटना स्थल तर्फ पठाएको थियो । यो समाचार तयार पर्दा सम्मा प्रहरी र स्थानीयवासी घोडेओडारमा पुगेको र त्यहाँ भन्दा माथी पुग्न अझै पाँच घण्टा भन्दा बढी लाग्ने जानकारी आएको डिएस्पी थापाले बताए ।
प्रहरी र स्थानीय यूवाहरु घटना स्थल पुग्नका लागि मौसम अनुकूल नहुँदा समस्य भएको उनले । पानी , हावाहुरी सहितको बहुकाले माथी जान नसकेको उनले बताए । घटनास्थल रहेको कुशे हिमालको जलजला पाटनमा पुग्न प्रहरी चौकी पैंकबाट दुई दिन पैदल हिँड्नु पर्ने उनले बताए ।

भारी वर्षात् र हावाहुरीका कारण पाटनमा पुगेर बेपत्ताको खोजी गर्न कठिनाई रहेको उनले बताए । प्रतिकूल मौसम, हाइ अल्टीच्युट, कठिन भूगोल, टेलिफोन सुविधा नहुनुलगायत कारण बेपत्ताको खोजी गर्न चुनौती भएको उनको भनाइ छ । स्थानीय र प्रहरी टोली कुशे हिमालको फेदीमा पुगेको र हावाहुरी तथा चट्याङका कारण लेक चढ्न नसकेको उनी बताउँछन् ।

हावाहुरी (वौका) र चट्याङले कुशे पाटनमा १० भैंसी, २२ गाई र ५५ भेँडाबाख्रा मरेका छन् । कुशेमा टेलिफोनको नेटवर्क नहुँदा बुधबार रातिमात्रै घटनाबारे खबर आएको थापाले बताए । कुशे गाउँपालिकाका स्थानीयले जेठदेखि भदौ महिनासम्म हजारौं पशुचौपाय चरीचरणका लागि कुशे पाटनमा राख्ने गर्दछन् । भेडा बाख्रा लगायत पशु चौपाय चरीचरण गर्ने कुशे पाटन ४ हजारदेखि ४ हजार ८ सय मीटरको उचाईमा रहेको

सदरमुकाम देखि बाहिर फोन सेवा अवरुद्ध
सदरमुकाम देखि बाहिर टेलिफोन सेवा अवरुद्ध भएको छ । सोलार सिस्टमले काम नगर्दा फोन सेवा अवरुद्ध भएको हो । सदरमुकाम देखि बाहिरका सबै टावरहरु सोलारको भरमा सञ्चलनमा हुँदै आएका कारण लगातारको बर्षाले चार्ज नहुँदा टावर बन्द भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । स्थानीय सडकहरु समेत अवरुद्ध भएको छ । जुनिचाँदे गाउँपालिकामा सबै सडक अवरुद्ध भएको गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिइन् ।





error: Content is protected !!