गर्भवतीको हेलिकोप्टरबाट उद्धार


जाजरकोट -मजकोट स्थित बर्थिङ्ग सेन्टरमा सुत्केरी हुँन नसकेकी जुनीचाँदे गाउँपालिका –३ की २० वर्षिया विष्णु बस्नेतलाइ हेलिकोप्टरबाट उद्धार गरि सुर्खेत लिइएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा बस्नेतलाइ आज दिउसो उद्धार गरिएको हो ।
मजकोट स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा भर्ना गरिएको र अवस्था जटिल भएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्य शाखाका प्रमुख प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।
हेमन्त केसी





error: Content is protected !!