गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना, सुरक्षा व्यवस्था कडा

बहुुमतको दाबी पेश गरे पनि नयाँ सरकार गठनको समय सकिँदासम्म मुख्यमन्त्री नियुुक्त नगरेको भन्दै गण्डकीका विपक्षी दल प्रदेश प्रमुुखको निवासअघि धर्नामा बसेका छन्। शनिबार करिब दिउँसो साढे चार बजेदेखि विपक्षी गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवासअघि धर्नामा बसेका हुन्।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसिमा सकिँदासम्म पनि मुख्यमन्त्री नियुक्त नगर्नु संसद विघटनको संकेतका रुपमा विपक्षी गठबन्धनले बुझेको छन्। सुंसद् विघटन हुन नदिनका लागि दबाब दिने उद्द‍ेश्यले उनीहरू धर्नामा बसेका हुन्। विपक्षी गवठबन्धन धर्नामा बसेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार बनाउन शुक्रबार २४ घण्टाका लागि दलहरूलाई समय दिएकी थिइन्। प्रदेश प्रमुखले दिएको समयसीमाअनुसार शनिबार दिउँसो तीन बजेसम्म समय थियो।

हिजो साँझ नै कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक गुरुङ) ले हस्ताक्षर गरेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पक्रियामा गएका थिए। उनीहरूले कांग्रेसका संसदीय दलका नेतासमेत रहेका कृष्ण चन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए।
तर, आज सत्तापक्ष ९एमाले०ले पनि पृथ्वीसुब्बा गुरुङलाई मुख्यन्त्री प्रस्ताव गर्दै राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि प्रक्रियामा गएका छन्।

एमालेले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दाबी गरेका हुन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। संविधानको धारा १६८ ९३० बमोजिम दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले बिहीबार प्रदेश सभाबाट विश्वास गुमाएका थिए।





error: Content is protected !!