चुनौतीका पहाडको बीचमा ठुलिभेरीले स्वास्थ्य सेवा प्रभावकारी बनाउदै

नन्दा शाही
डोल्पा ः दुइ टिम बनाएर स्वास्थ्यकर्मी परिचालन गरेको ठुलिभेरी नगरपालिकाले गाउँ ,गाउँमा पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै कोराना जाँच समेत गरेको छ । संक्रमणका कारण स्वास्थ्य संस्था सम्मा आउनका लागि डराएका सर्वसाधारणलाइ गाउँमै गएर उपचार गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलप्रकास रोकायले जानकारी दिनुभयो ।

जेठ २१ देखि सुरु भएको यो अभियान सुरु गरिएको थियो । एन्टिजीन बिधिबाट २४९ जना महिला र ७२१ जना पुरुषलाइ कोरोना जाँच गरिएको थियो । ४२ महिला र ३० पुरुषमा कोरोना संक्रमण भएको परीक्षणबाट पत्ता लागेको अधिकृत रोकायले जानकारी दिनुभयो । संक्रमित ३७ जना महिला र २८ जना पुरुषहरु होम आईशोलेशनमा बसेको बताएको छ । ७ जनालाइ उपचारका लागि नगरपालिकाले सिफारिस गरेको छ ।

के छन् त खास समस्याहरु ?
स्वाास्थ्य संस्स्था आएर उपचार गर्ने तिव्र चाहाना हुँदा हुँदै पनि भौगलिक बिकटताका कारण उपचारमा समस्य भएको स्थानीयले बताएको स्वास्थ्य शाखाले नगरपालिकालाइ बुझाएको प्रतिबेदनमा उल्लेख गरिएको छ । स्थानीयवासीहरुमा प्रभावकारी सचेतनाको अभावका कारण पनि बिभिन्न रोगबाट संक्रमण हुन पुगेको बताएको छ । पालिका भरी सडक सञ्जाल बिस्तार नभएका कारण एक ठाउँ बाट अर्को ठाउँमा जादा भारी समय लाग्ने भएकाले उपचार सेवा लिन समस्या परेको औल्याएको छ । दैनिक उपभोग्य सामग्री देखि अन्य कुराहरु समयमै व्यवस्थापन गर्न नसक्दा समस्य उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । दुर्गम तथा पछाडी पारिएको भुगोल भएका कारण सबै ठाउँमा दक्षजनशक्ति पुग्न नसक्नु मुख्य समस्यको रुपमा लिइएको छ ।

के गरेको छ त नगरपालिकाले ?
सिमित स्रोत साधन र त्यसमै चलाएमान हुनुपर्ने बाध्यताकै बीचबाट नगरपालिकाले आफ्ना नागरिकको ज्यान बचाउन तिब्र रुपमा काम गरेको नगरप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । यो बिपद्को समयमा जो जहाँ छ , त्यहीबाट आफू बाँच्ने र अर्कोलाइ बचाउने अभियानमा लाग्न समेत उहाँले अनुरोध गर्नुभयो । सवै वडामा गएर उपचारका साथै ,व्यवस्थापन गर्नु चुनौती पूर्ण भएपनि सवैको साथ ,सहयोगले कामलाइ तिब्रता दिइएको निर्मित प्रमुख प्रशासकीय अधिकृत दिलप्रकास रोकायले जानकारी दिनुभयो । स्थानीय सरकारको अनुभूति दिलाउनु नै हाम्रो पहिलो ध्यान रहेको उहाँले जानकारी दिनुभयो ।





error: Content is protected !!