सहुलिएतको चामल लिनेको भिड

नन्दा शाही
जाजरकोट – सरकारले निषेधाज्ञा अवधिभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लाग्न थालेको छ । झन्डै एक महिनादेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि चामल लिनेको भीड लागेको हो ।
कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर चामल बिक्री गरेको छ । सहुलियतको चामल लिन सदरमुकाम खलंगासहितका गाउँबाट शुक्रबार सम्मा ६ सय भन्दा जना आएको कम्पनीले जनाएको छ । सुक्रबार खलंगास्थित खाद्य गोदामबाट ७ सय क्विन्टल भन्दा बढी चामल बिक्री भएको शाखा प्रमुख धर्मबहादुर बस्नेतले बताउनुभयो ।

सरकारले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई राहत मिलेको नलगाड नगरपालिका –८ का मिलन चादाराले बताउनुभयो । उहाँका अनुसार खाद्यले प्रतिपरिवार एक जनालाई नागरिकताको आधारमा २५ किलोको १ बोरा चामल दिने गरेको छ ।
सरकारले छुटको घोषणा नगर्दासम्म खलंगास्थित खाद्य गोदामबाट दैनिक मुस्किलले १० जनाले मात्र चामल लिने गरेका थिए । अहिले थेगी नसक्नुको भीड लाग्ने गरेको प्रमुख बस्नेतले बताउनुभयो । उहाँले कोरोना कहरमा भीड कम गर्न बिहान चामल बिक्री गर्ने नियम बनाइएको बताउनुभयो ।
लकडाउनले बजार क्षेत्रका खाद्य पसल बन्द भएकाले आफूहरूलाई धेरै ठूलो राहत भएको भेरी नगरपालिका –३ की लिला ओलीले बताउनुभयो । उहाँले भन्नुभयो , बजारमा अत्यधिक मुल्य बढ्दा खाद्यान्न खरिद गर्न मुस्किल भएको छ , पहिलाको मुल्य भन्दा झण्डै २५ प्रतिशत मुल्य नै व्यापारीले बढाएका छन् । ”
सदरमुकाम देखि बाहिर पनि बिक्री दर अत्यधिक बढेको छ । फोन सम्पर्क नभएका कारण सवै विवरण आइनसकेको उहाँले बताउनुभयो । चामल लिनको मानिसहरुको भिड ठुलो भएको उहाँले बताउनुभयो । विहानै ७ बजे देखि चामल विक्री , वितरण सुरु हुने गरेको छ ।
त्यस्तै छिमेकी जिल्ला डोल्पा ९९ क्विन्टल चामल बिक्री भएको छ । ४ सयको हाराहारीमा सर्वसाधारणले चामल लिएको प्रमुख कमलराज पाण्डेले बताउनुभयो । सर्वसाधारणहरु उपल्लो डोल्पाका साथै लेख तीर गएका कारण खाद्यान्न बिक्री दर घटेको छ । सदरमुकाम देखि बाहिर २० प्रतिशत छुटवाला चामल नभएका कारण सदरमुकाम देखि बाहिरकाले सेवा नपाएको प्रमुख पाण्डेले बताउनुभयो ।








