यी हुन् आज नियुक्त हुने आठ मन्त्री (सूचीसहित)

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्। उनले रामबहादुर थापा बादल पत्नी नैनकलादेखि माधव नेपाल पक्ष छाडेका सिन्धुलीका नि
वर्तमान सांसद गणेश पहाडीसम्मलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
यसअघि जसपाका १० मन्त्रीलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले आफूसँग राखेका मन्त्रालयमा मन्त्री थप्न लागेका हुन्। उनीहरुको आजै अपरान्ह ४ बजे शपथग्रहणको तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
-यी हुन् नयाँ बन्ने मन्त्री
१- खगराज अधिकारी, गृह मन्त्री
२- नारदमुनि राना, वन तथा वातावरण मन्त्री
३- गणेश पहाडी, सामान्य प्रशासन मन्त्री
४- राजकिशोर यादव, उद्योग मन्त्री
५-नैनकला थापा, सञ्चार तथा सूचना प्रविधि मन्त्री
६-ज्वालाकुमारी साह, कृषि मन्त्री
७-मोहन बानियाँ, विनाविभागीय
८-आशा विक, वन राज्यमन्त्री










