संसद विघटन मुद्दामा सर्वोच्चले माग्यो लिखित जवाफ, असार ९ देखि निरन्तर सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देवासहितका सांसदको रिटमा प्रारम्भिक सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले असार ९ बाट निरन्तर सुनुवाइ गरिने बताएका हुन् ।

सांसदहरुको रिटमा बुधवार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको छ । प्रधानन्यायाधीशसहितका पाँच न्यायाधीशले आन्तरिक छलफल पछि लिखित आदेश आउने जानकारी गराएका छन् ।

‘केही बेरमा लिखित आदेश आउँछ,’ संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने–‘लिखित आदेश लिएर जानुहोला ।’

न्यायाधीश ईश्वर खतिवडाले २९ वटा रिट एकातिर र शेरबहादुर देउवासहितका सांसदहरुको रिट एकातिर राखेर सुनुवाइ गरिने इजलासमा जानकारी गराएका छन् ।





error: Content is protected !!