कर्णालीमा संक्रमण हुने संख्या ओरालो लाग्दै, एकै दिन ४५७ जनाले जिते कोरोना

जाजरकोट ः कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ। भने कोरोना जित्नेको संख्या बढिरहेको छ।

पछिल्ला केही सातादेखि निरन्तर कोरोना जित्नेको संख्यामा वृद्धि भएको हो। आज एकै दिन प्रदेशभर चार सय ५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय १६ जनामा गरिएको आरटी पिसिआर परीक्षणमा एक सय २१ जनामा संक्रमण पुष्टि भएको छ। भने ६ सय १५ जनामा गरिएको एन्टिजेन विधिबाट भने थप एक सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।

योसँगै पछिल्लो २४ घण्टामा दुई सय ८९ जना आइसोलेसनमा संक्रमित थपिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ६८ पुगेको निर्देशनालयले जनाएको छ।

हाल कर्णालीमा सक्रिय संक्रमित संख्या ६ हजार ९ सय ६५ पुगेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!