सबै स्वाथ्यकर्मीलाइ कोरोना लागेपछि स्वास्थ्य संस्था बन्द

जाजरकोट ः छेडागाड नगरपालिका साल्मा स्वास्थ्य चौकीमा कार्यरत सवै स्वाथ्यकर्मीलाइ कोरोना लागेपछि सेवा बन्द गरिएको छ । जेठ १८ देखि २४ गते सम्मा स्वास्थ्य चौकीबाट प्रवाह हुने सवै किसिमका सेवा बन्द गरिएको हेल्थ असिस्टेन्ट नविना कडेलले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्यचौकीको नजिकमा रहेका सवै गाउँका स्थानीयवासीलाइ समेत कोरोना देखिएका कारण समस्या भएको भन्दै सेवा बन्द गरिएको कडेलले जानकारी दिनुभयो ।





error: Content is protected !!