१६ खर्बको बजेटमा कर्णालीका कुन–कुन योजना परे ?

कर्णाली ः केन्द्र सरकारले १६ खर्बको बजेट सार्वजनिक गरेको छ । सरकारले ल्याएको बजेटमा कतिपय योजना चालु आर्थिक वर्ष २०७७/ ७८ का कार्यक्रमलाइ निरन्तरता दिएको छ । प्रदेश सरकारले यसअघि नै स्वीकृत मागेको दुई ओटा महोत्वकांक्षी सुरुङ मार्गलाई केन्द्र सरकारले सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख गरेको छ ।

बजेटमा समेटिएका कर्णालीका मुख्य योजनाहरु भने यस्ता छन्

कर्णालीमा ५० शैयाको सरुवा रोग अस्पताल निर्माण गर्ने

१० जिल्लाका जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालन गर्ने

हुम्ला, डोल्पा र मुगुमा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच औषधीको सुविधान सहितको मातृ प्रतीक्षा गृह सञ्चालन गर्ने

कर्णालीका पालिकामा शिलान्यास भएका पाँच, १० र १५ शैयाको आधार अस्पताल दुई वर्षमा सञ्चालनमा ल्याउने

प्रादेशिक प्रयोगशालालाई रिफरल प्रयोगशालामा स्तरोन्नति गर्ने

अपाङ्गता पुनस्र्थापना केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने

दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्दारलाई निरन्तर

बादी र राउटेको आयआर्जन, क्षमता विकास र सशक्तिकरण कार्यक्रम

सबै पालिकामा बालकल्याण अधिकारीको व्यवस्था

डोल्पामा व्यवसायिक पशुपालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन

प्रदेशमा भण्डारण सुविधासहितको कृषि उपज प्रशोधन केन्द्र र औद्योगिक कृषि बजार स्थापना

जुम्लामा स्याउ र सल्यानमा अदुवा लक्षित औद्योगिक कृषि बजार स्थापनाको सम्भावता पूरा गरी निर्माण गर्ने

सल्यानको कपुरकोटमा कृषि थोकबजार स्थापना गर्ने

जाजरकोटमा मिसन ओखर कार्यक्रम सञ्चालन गर्ने

सुर्खेतमा आधुनिक पशु पधशाला स्थापना गर्ने

कृषि फर्मलाई सेन्टर अफ एक्सिलेनसमा विकास गरी सञ्चालन गर्ने

भेरी–बबई डाइभर्सनको हडवक्र्स निर्माण २०७८–०७९ मा सम्पन्न गर्ने

भेरी–कर्णाली नदी किनाराका टार तथा फाँटमा लिफ्टीङ्ग गरी ६ सय हेक्टर कृषियोग्य भूमिमा सिँचाई विस्तार गर्ने

कर्णाली र सहायक नदी प्रणालीलाई अन्तरआवद्ध गरी नहर निर्माण गर्ने

प्रदेशमा भूमि बैंकका कम्तीमा ५० शाखा स्थापना गरी सञ्चालन गर्ने

प्रदेशका सबै जिल्लाका गरिब घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने

कुपिण्डे दहमा पर्यटन पूर्वाधार निर्माण गर्ने

रारा र शे–फोक्सुण्डो ताललाई आकर्षक पर्यटकीय गन्तव्यस्थलमा विकास गर्ने

डोल्पा र हुम्लाको सिमिकोटमा पदयात्रा मार्ग निर्माण गर्ने

उच्च हिमाली क्षेत्रमा ऊन प्रशोधन कारखाना स्थापना गर्ने

सुर्खेतको चौरासेमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने

दैलेखको चुप्रामा सञ्चालित पेट्रोलियम अन्वेषण दुई वर्षमा सम्पन्न गर्ने

जाजरकोटमा बहुमुल्य पत्थरको सम्भावयता अध्ययन गरी उत्खनन शुरु गर्ने

कर्णालीका दुर्गम क्षेत्रमा खाद्यन्न र नुन ढुवानीका लागि अनुदानलाई निरन्तर । यसका लागि ७६ करोड बजेट

सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न जग्गा प्राप्ती र विस्तृत परियोजना तयार गर्ने

मुगुको छाँयानाथ, जुम्लाको चन्दननाथ, सुर्खेतको काँक्रेविहारलाई धार्मिक पर्यटकीय स्थलको

संरक्षण एवम् विकासका लागि गुरुयोजना तयार गर्ने

वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण गर्ने

जुम्लामा हाईअल्टिच्युट स्पोर्ट्स सेन्टर निर्माण गर्ने

सल्यानको शारदा, कालिकोटको चुलीमालिका र मुगुको सरुकोटमा लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्ने

मदन भण्डारी राजमार्गको भेडावारी–धुलियाविट सुर्खेत खण्डको कार्य यसै वर्षदेखि शुरु गर्ने

सुर्खेत–कोहलपुर राजमार्गलाई डेटिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने

कर्णाली राजमार्ग सुर्खेत–खुलालु खण्ड दुई लेनको बनाइने

नाग्मा–गमढी सडक स्तरोन्नति गर्न एक अर्ब २० करोड बजेट

हुम्लालाई चालु आर्थिक वर्षमा सडक सञ्जालले जोड्ने

भेरी करिडोरको जाजरकोट दुनै खण्डको स्तरोन्नति गर्ने

दुनै–तिन्जे धो खण्डको ट्रयाक खोल्न ६१ करोड विनियोजन

कोहलपुर–सुर्खेत राजमार्गको बबई छिन्चु र सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

फुकोट कर्णाली, जगदुल्ला जलविद्युत आयोजनाको लगानी ढाँचा एकिन गर्ने

नलगाड र वेतन कर्णाली जलविद्युत आयोजना वित्तिय व्यवस्थापन गरी निर्माण गर्ने

जुम्लाका अति विपन्न, लोपोन्मुख र सीमान्तकृत वर्गका परिवारलाई जनता आवास कार्यक्रम यसैवर्ष सम्पन्न गर्ने

हुम्लामा एकीकृत वस्ती विकास गर्ने

सुर्खेतमा विपद्बाट विस्तापित परिवारका लागि पुनस्र्थापना कार्यान्वयन गर्ने

दुल्लुमा दीगो, सुरक्षित र प्रविधिमैत्री स्मार्ट सिटी निर्माण गर्ने

जुम्ला खलंगामा पुराना शहरमा शहरी पूर्वाधा विकास गरी शहर पुनःजागृत गर्ने

सुर्खेत विमानस्थल स्तरोन्नति गर्ने

प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने

सुर्खेतको उच्च अदालतको भवन निर्माण गर्ने

प्रादेशीक तहका अस्पतालसँगको सहकार्यमा निजामती अस्पतालको सेवा विस्तार

डोल्पाको मसिनेचौर विमानस्थलमा परीक्षण उडान गर्ने





error: Content is protected !!