आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण (लाइभ हेर्नुहोस्)

काठमाडौं– आर्थिक वर्ष २०७८/ ७९ को बजेट भाषण सुरु भएको छ । प्रतिनिधि सभा नभएका कारण आज अध्यादेशमार्फत बजेट आउन लागेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आर्थिक बर्ष २०७८/ ७९ कालागि अध्यादेश मार्फत् बजेट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट समेत पारित गरेको थियो ।

प्रतिनिधिसभा विघटन भएपछि जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुरुप सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

         https://www.facebook.com/watch/live/?v=934127730707453&ref=external




error: Content is protected !!