पत्रकार केसीले १८ सिलिण्डर ग्यास भरेर अस्पताललाइ दिए

जाजरकोट ः पत्रकार जनक केसीले जाजरकोट अस्पतालका १८ वटा सिलिन्डरमा अक्सीजन भरिदिएका छन् । नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन जाजरकोटका पुर्व अध्यक्ष केसीले कोरोनाको संक्रमित भएर अस्पतालमा भर्ना भएका विरामीहरुलाइ उपचारमा सहयोग गर्ने उदेश्यले १८ वडा सिलिन्डरमा अक्सीजन भरेर अस्पताललाइ हस्तान्तरण गरेका हुन् ।

महाविपत्तिका वेला अप्ठेरो वेहोरिरहेकाहरुलाइ सक्दो सहयोग गर्नु नै मानव धर्म भएको सोचेर आफूले अस्पतालका लागि आफनो क्षमता अनुसार सहयोग गरेको केसीले बताउनुभयो ।

सिलिन्डरहरु स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाइ हस्तान्तरण गरिएको थियो । जैसीले पत्रकार केसीको सहयोगले अस्पतालका विरामीहरुलाइ उपचार गर्न राहत मिलेको बताउनुभयो । ।





error: Content is protected !!