गुनासो सम्वोधन गर्न प्रदेशसभा सदस्य सिंह अस्पतालमा

नन्दा शाही

जाजरकोट ः कर्णाली प्रदेशसभा सदस्या गणेसप्रसाद सिंह जिल्ला अस्पतलाको पछिल्लो अवस्था बुझन अस्पताल पुगेका छन् । विरामीहरुको उपचारमा भएको व्यवस्थापन तथा सामग्रीको प्रयाप्तता लगाएका विषयमा यूद्ध स्तरमै गएर जानकारी लिएका छन् ।

सिंहले डाक्टर तथा स्वास्थ्यकर्मी अहिले यूद्धको सिपाइ झैँ भएकोले जिन्दगी बचाउने अभियान सफल बनाउन समेत आग्रह गरे । जीवन र मृत्युसँग लडिरहेका विरामीहरुको मनोवल बढाउनुका साथै सही सल्लाह एवं औषधि दिएर नयाँ जीवन दिलाउनु चानचुने काम नभएको समेत बताए । तपाइहरुको दुख , सुखमा हामी पनि छौँ , यो युद्ध जित्ने अभियानमा तपाइको महत्वपूर्ण भूमिका छन सदस्य सिंहले भने ।

सिंहसँग डाक्टर तथा स्वास्थ्यकर्मीले रात्रीकालिन सेवाको भत्ता नपाएको गुनासो सुनाएका थिए । उक्त समस्या हल गर्न आफू हदै सम्मा लागिपर्ने सिंहले बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले खरिद प्रक्रिया गर्दा गलत सामग्री हात पर्ने कुरा तर्फ सचेत गराउदै सामग्री खरिद गर्दा ध्यान दिन आग्रह गनुभयो ।

प्रत्येक मिनेटमा जिल्लाका समस्याका विषयमा प्रदेश ,जिल्ला र केन्द्रमा फोन मार्फत समस्या समाधान गरिरहेका प्रजिअ देवकोटाले नाम भन्दा काम महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।





error: Content is protected !!