निषेधाज्ञामा घरमै मेडिकल टेस्ट र औषधिको होम डेलिभरी सुविधा

काठमाडौैं ः हाम्रो मेडिकल सेवामार्फत विभिन्न मेडिकल टेस्टको घरबाटै सुविधा लिन र घरैमा औषधि मगाउन सकिने भएको छ ।

देशभरका सेवाग्राहीलाई मध्यनजर गर्दै फोन र सामाजिक सञ्जालमा भिडियो कल गरेर टेली- मेडिकल सेवाको पनि व्यवस्था गरेको हाम्रो मेडिकल सेवाका प्रबन्धक सरोज महतोले बताए ।

सेवाग्राहीका लागि घरमै गएर पीसीआर परीक्षण र कोभिडको उपचारको व्यवस्थापन गर्ने कार्य पनि सुरु गरेको महतोले बताए ।

हेल्थ सेफ्टी बक्स, रक्तचाप परीक्षण मेसिन, अक्सिमिटर, थर्मोमिटर, ह्यान्ड स्यानिटाइजर, व्हिलचियर, विरामीको लागि बेड लगायतका स्वास्थ्य सामग्री घरैमा पनि मगाउन सकिने महतो बताउँछन् ।

त्यस्तै निम्न आय भएका सेवाग्राहीका लागि यो सेवा निःशुल्क रुपमा प्रदान गरिने पनि उनले बताए । विभिन्न प्याथोलोजि ल्याब, मेडिकल सेन्टर तथा अस्पतालहरुसँगको सहकार्यमा कम्पनीले यो सेवा प्रदान गरेको हो ।

कुनै पनि मेडिकल सेवाका लागि सेवाग्राहीले ९८४३३४६६०५ मा फोन गरेर वा भाइबर, ह्वाट्सएपमार्फत पनि सम्पर्क गर्नसक्ने बताइएको छ ।





error: Content is protected !!