मस्तिष्कलाई कसरत गराउने आइडिया ?

एजेन्सी– स्वस्थ्य मनको असर स्वस्थ्य शरीरलाई सीधा पर्छ । शरीरलाई स्वास्थ्य राख्न स्वस्थ्य मस्तिष्क बनाउनु पर्छ र यसका लागि हामीले दिमागलाई पनि कसरत गराउनु पर्छ । दैनिक मस्तिष्कलाई कसरत गराउँदा हाम्रो मानसिक क्षमता विकास हुन्छ । आफ्नो दैनिक कार्यमा सहज पनि हुन्छ ।
र, यसका लागि तलका टिप्स सहज हुनसक्छन्ः
१- घरेलु सामानको सूची
हामीले घरका लागि किन्नु पर्ने सामानको सूची बनाएका हुनसक्छौँ र त्यसलाई नै लिएर पसलमा जान्छौँ । खासमा चाहिँ हामीले सामान किन्न जाँदा त्यो सूची घरमा नै छोडेर जानु पर्ने हुन्छ । अब पसलमा आफूले किन्नु पर्ने सामान खरिद गर्नु पर्ने हुन्छ । कुनै सामान भुलेको जस्तो लाग्यो भने त्यसलाई याद गर्ने प्रयास गर्नुपर्छ । यसले हाम्रो दिमागलाई कसरत हुन्छ ।
२- शब्दहरुको खेल
यो दिमागका लागि रमाइलो खेल हो । सिर्फ एक शब्द वा केही चिज सोचेर हामीले त्यसबाट बन्न सक्ने धेरै सामान वा वस्तुहरुको सम्झना गर्न सक्छौँ । यसले पनि दिमागका लागि कसरत पुग्छ ।
३- दिनचर्या याद गर्नु
यत्तिकै खाली बसेको समयमा हामीले पूरै दिनभरको कुरा याद गर्न सक्छौँ । त्यो दिन विहानबाट हामीले के गरेका थियौँ, कसरी समय बित्योलगायतका कुरा याद गर्दा हामीलाई सहज हुन्छ । यसले हाम्रो दिमागलाई कसरत पुग्छ ।



