सवै घरलाइ ग्यास , चुलो वितरण

हेमन्त न्यौपाने
जाजरकोट – दाउरा कम पाइने डोल्पा जिल्लाको काइके गाउँपालिकामा सवै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण छ । दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलाहरुलाई समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुइवटा ग्यास सिलिन्डर र एउटा चुलो वितरण गरिएको काइके गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए ।


सातवटा वडा रहेको गाउँपालिकाको कुल जनसंख्या पाँच हजारको हाराहारीमा रहेको छ। सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा ग्यास ,चुलो वितरण गरिएको रोकायले बताए । उनले एक करोड एक लाख २५ हजार रुपैयाँमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको जानकारी दिए । वन जंगल संरक्षण तथा धुवाधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले बताएको छ।


अत्यधिक चिसो हुने यस ठाउँमा दाउराबाट आगो बाल्न मुस्किल हुनुका साथै काममा निसि्कँदा समेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको बताएको छ । ग्यास सिलिन्डर नेपालगञ्जबाट खरिद जाजरकोट हुँदै डोल्पासम्म गाडीमा ढुवानी गरिएको हो । दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गरिएको थियो ।

प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गरिएको छ । दुई हजार वटा सिलिण्डर र एक हजार ५० वटा चुलो वितरण गरिएको छ ।





error: Content is protected !!