जाजरकोटमा जेठ १५ सम्मलाई लम्बियो निषेधाज्ञा ः मेयर चढ्ने गाडी स्वाव संकलनमा प्रयोग

जाजरकोट , ३१ वैशाख ः कोरोनाबाट जोगिन र जोगाउनका लागि जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। कोरोनाको फैलने दर अत्यधिक बढीरहेकोले थप दुइ हप्ता निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो । आज बसेको डिसिसिएमसीको वैठकले थप दुइ हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । जाजरकोटमा कोरोनाका कारण दुइ जनाको मृत्यु भइसकेको छ ।

अहिले जिल्ला अस्पतालमा १०३ आइसोलेशन वेडहरु रहेका छन् । आइसियू कक्ष ३ , भेन्टिलेटर १ ,अक्सिजन सिलिण्डर ५४ , एचडीयू वेड १ ,अक्सिजन सहितको वेड ३३ र साधारण आइसोलेशन ३३ रहेको छ । थप अक्सिजन सिलिण्डर खरिदका लागि वुधबार बोलपत्र आवह्वान गरिएको छ ।

त्यस्तै छेडागाड नगरपालिकाले १५ शश्याको कोभिड आइसोलेशन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो । प्रत्येक पालिकालाइ १५ शश्याको आइसोलेशन बनाउन निर्देशन गरिए बमोजिम कामहरु भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो । प्रत्येक पालिकाले अक्सिजन सिलिण्डर खरिद गरिरहेको समेत बताएका छन् ।

त्यस्तै भेरी नगरपालिकाले कोराना संक्रमित विरामीलाइ ओसार ,पसार गर्नका लागि नेपाल रेडक्रस सोसाइटीको एम्वुलेन्स असार सम्मको लागि भाडामा लिएको जनाएको छ । स्वाव संकलन ,कन्ट्रयाक्ट टे«डिग , कोरोना अनुगमणको लागि नगरप्रमुख चढ्ने गाडी प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो । भेरी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी गरि १७ जनामा कोरोना संक्रमण भएको छ ।





error: Content is protected !!