सिजन छलेर ओखरका विरुवा वितरण , दशै जिल्लाको ढुवानी भाडा एकै

जाजरकोट – कर्णाली प्रदेशका ओखर उत्पादन हुँने जिल्लाहरुमा सिजन छलेर विरुवा वितरण गरिएको छ ।
पुस, माघ र फागुन सम्मा विरुवा लगाउनु पर्ने भएपनि क्षेत्रिय कृषि निर्देशनालयले वैशाखको अन्तिममा आएर विरुवा वितरण गर्न थालेको छ । च्यान्दलर,फिन्क्वाइट लगायतका जातका विरुवाहरु खरिद गरेर १० जिल्लामा पठाएको छ । दुर्गम र सुगम जिल्लामा समेत एकै मुल्यामा विरुवा पठाएको पाइएको छ । डोल्पामा अठार हजार बिरुवा खरिद गरि जहाजमा ढुवानी गरेर पठाएको छ भने जाजरकोटमा स्थल मार्ग हुँदै पठाएको छ ।

क्षेति्रय कृषि निर्देशनालय सुर्खेतको जाजरकोटमा ५ हजार १०० विरुवा पठाएको जाजरकोट कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । एउटा ओखरको बिरुवाको टर्कीबाट खरिदगरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइ पु¥याउँदा पाँच सय नौ रुपैयाँ र अन्य जिल्लामा पनि सोही मुल्यामा पठाएको छ ।
अघिल्लो वर्ष पनि ओखरका विरुवा पठाएर लगाएको छ । तर ५० प्रतिशत पनि हुर्कन नसकेको कृषकले बताएका छन् ।





error: Content is protected !!