कोरोना संक्रमित खोज्न टोल टोलमा स्वास्थ्यकर्मी

हेमन्त न्यौपाने
जाजरकोट ,  कोरोना संक्रमणको डरले निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताको घर ,घरमा पुगेका छन् ।

सम्भावित संक्रमित विरामी खोज्न र निरोगीलाइ सचेतना मूलक जानकारी दिदै स्वास्थ्यकर्मीको टिम घर ,घरमा पुगेको हो । यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्याप सहितको टोली घर ,घर पुग्नुका साथै सम्भावित विरामीको बर्गीकरणका आधारमा उपचार प्रक्रिया समावेश गरिरहरको छ ।

भेरी नगरपालिकाको सवै वडामा पुगिसकेको स्वास्थ्यकर्मीको टोलीले अव वडा  -१ मा आज खटिन लागेको छ । गाउँमा विरामी भएको खवरका आधारमा ल्याप सहितको टिम पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरि सोही अनुसारको उपचार प्रकि्रया गर्दै आएको गौतमले बताउनुभयो ।

ज्वारो आएर कोरोनाको लक्षण मिल्ने खालको विरामी भएमा पिसिआरका जाँच गर्न स्वाव संकलन गरि सुर्खेत पठाउने काम गरिएको छ । ६ जनाको समुहमा रहेको उक्त स्वाथ्यकर्मीको टोलिले घर ,घरमा पुगेर कोरोनाबाट बाच्ने उपायका विषयमा जानकारी गराउने र वुझे ,नवुझेको भनि प्रति प्रश्न गर्ने समेत गरिएको स्वाथ्यकर्मीले बताएका छन् ।

महिला स्वांयमसेविका , वडाध्यक्ष र वडाका स्वास्थ्यकर्मीको सहयोगमा यस्ता काम गर्दै आएको बताएको छ । स्वाथ्यकर्मी गाउँ ,घरमा पुग्दा स्थानीयवासीको मनोवल समेत बढेको सर्वसाधारणहरु बताउँछन् । स्वास्थ्यकर्मी गाउँ , गाउँमा आएर विरामी खोजेको पहिलो घटना भएको सर्वसाधारणहरु बताउँछन् ।

पुजा र विवाहले कोरोना बढाए

चैत र वैशाखमा धेरै विवाह ,पुजा भएका कारण कोरोना संक्रमितको संख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

विवाह र पुजामा धेरै मानिसहरु जम्मा हुँदा एकले अर्कोलाइ कोरोना सार्दा वडा ३ मा जाँच गर्दा ७० प्रतिशतमा कोरोना देखिएको भेरी नगरपालिका स्वास्थ्य शाखाका यज्ञ गौतमले जानकारी दिनुभयो ।

सामाजिक पर्वका रुपमा स्थापित हुँदै आएका यस्ता कार्यमा जसरी नि सर्वसाधारणहरु आउने हुँदा कोरोनाको अवस्था फैलिन मदत गरेको छ । जिल्ला प्रशासन कार्यालयले तोकिएको मापदण्ड प्रशासनको नजर पुग्ने ठाउँमा भएपनि गाउँका अधिकांश ठाउँमा प्रशासनको आदेश कसैले पनि नमानेको पाइएको छ ।

ज्वारो आउँदा धामीको सरण

गाउँ घरमा विरामी हुँदा अस्पताल भन्दा पहिला धामी ,झाक्री कहाँ पुगेर देखाउने चलन कायम रहेको छ ।
स्वास्थ्यकर्मी भन्दा देवी,देवताको आँखा लागेर विरामी भएको भन्दै धामीलाइ देखाउने चलनले कोरोना बढ्न थप मदत गरेको छ । स्थानीय तहका मुकाममा मात्र सामाजिक दुरी , तथा स्वाथ्य सुरक्षा सामग्री प्रयोग गरेपनि गाउँमा स्वाथ्य सामग्री कुन चरिको नाम झैँ हुँदै आएको छ ।

मुकामकै भित्री भाग जुवा ,तास

निषेधाज्ञा भएको समयमा सवै फुर्सदमा हुँदा सदरमुकामका भित्री भागमा जुवा ,तास खेल्नेको संख्या बढेको छ । मन मिल्ने साथीहरु जम्मा भएर तास खेल्दै समय विताउने गरेको पाइएको हो । अघिल्लो वर्ष मात्र जुवा, तास खेलिरहेको ठाउँबाट धेरैलाइ कोरोना लागेको थियो । अहिले पनि थाप्ले , माथिल्लो थाप्ले र पिपलडाडाँ लगाएका ठाउँमा भित्री रुपमा जुवा, तास खेल्ने काम भएको बताइन्छ ।





error: Content is protected !!