मधिरा सेवन गरि स्वास्थ्य संयोजक सम्पर्क विहिन

जाजरकोट ः भेरी नगरपालिका स्वास्थ्य शाखा संयोजक खेम पुन पाँच दिन देखि सम्पर्कमा नरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
मधिरा सेवन गरि क्वारेन्टाइनमा आएका पुनलाई यस्तो गलत कार्य नगर्न आग्रह गरिएको थियो । सो आग्रह गरिएको दिन देखि पुन सम्पर्कमा नरहेको स्वास्थ्यकर्मीले बताएका छन् । त्यस्तै सहसंयोजक निशा थापा उहाँका आफन्तलाइ कोरोना संक्रमण भएका कारण सुर्खेतमा रहेको बताएको छ ।
क्वारेन्टाइनमा रहेका विरामीलाइ दिनुपर्ने सिटामोल अभाव भएको समयमा जिम्मेवारी पदमा रहेका स्वास्थ्यकर्मीहरु सम्पर्कमा नहुँदा काम गर्न मुस्किल भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । हामीले स्वास्थ्य संयोजक पुनलाइ सम्पर्क गर्दा आफू विरामी भएर घरमा बसेको बताएका छन् ।
यत्ता सिटामोल अभाव कारण क्वारेन्टाइनमा बसेका विरामीलाइ उपचारमा समस्या भएको छ । अन्य औषधि भएपनि सिटामोलको चरम अभाव भएको स्जास्थ्यकर्मीले बताएका छन् ।



