जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आएन

हेमन्त न्यौपाने
जाजरकोट – अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन ।
दक्ष जनशक्ति नहुँदा उक्त भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो । खरिद गरेको समय देखि अहिले सम्म बन्द कोठामा राख्ने काम बाहेक अरु नभएको स्वास्थ्य सेवा कार्यालयका कर्मचारीहरु बताउँछन् । प्रदेश सरकारको मताहातमा रहेको अस्पतालमा सामग्री भएर पनि प्रयोगमा आउन नसक्नु पीडा भएको डाक्टरहरु बताउँछन् ।

असामान्य खालका विरामी लाइ उपचार गर्नका लागि प्रयोग हुँने भेन्टिलेटर सेवा जाजरकोट अस्पतालमा ल्याए देखि प्रयोगमा आउन नसक्नु दुखद भएको जुनिचाँदेका रेशमबहादुर खड्काले बताए । नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँको अभावकै कारण सञ्चालनमा ल्याउन नसकेको अर्को कारण भएको बताउदै स्वास्थ्य सेवा कार्यालयका टिकाराम जैसीले भन्नुभयो , “प्रदेश सरकारले हामीलाइ कर्मचारी पठाउछौँ भनेर जानकारी आएको छ , सायद छिटै हुन्छ होला । ”

त्यस्तै एचडीयू सेवाका लागि जिल्ला अस्पतालमा आएको सामग्रीहरु ठाउँ अभावका कारण जोड्न नसकिएको उनले बताए । २५ वटा मध्य अहिले सम्मा १५ वटा मात्र जोडिएको जैसीको भनाइ छ । २५ वटा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालमा भएपनि अघिल्लो वर्ष खरिद गर्नुपर्ने अक्सिजन पलान्ट अहिलेको आर्थिक वर्षको अन्तिममा आएर काम सुरु गर्दा विरामीहरुले सुविधा पाउन मुस्किल भएको छ ।

पलान्ट खरिद गर्नका लागि सम्झौता मात्र भएको तर कहिले जिल्ला अस्पतालमा पुग्ने हो , त्यसको कुनै समय नभएको अस्पताल प्रशासनले बताएको छ । कोरोनाको महामारीको समयमा २ सय भन्दा बढी विरामीहरु भएपनि ठाउँ अभावका कारण अस्पतालमा उपचार हुन सकेको छैन ।

जिल्ला अस्पतालमा १० जना डाक्टर भएपनि सामग्री खरिदका लागि नेतृत्वले इच्छा शक्ति नदेखाउदा हैरान भएको स्वास्वकर्मीहरु बताउँछन् ।

हप्ता दिन अघि दिएको निर्देशन अझै पालन भएन
कोरोना संक्रमितलाइ राख्नका लागि प्रत्येक पालिकाले कम्तिमा १० देखि १५ वेड सम्मको कोराइन्टाइन बनाउने निर्णय भएपनि स्थानीय तहले त्यसको कार्यान्वयन गरेका छैनन् । भारत वा अन्य मूलुकबाट आएका सर्वसाधारणहरु सिधै घर जाने गरेका छन् । आज मात्र भेरी नगरपालिका – २ मा भारतबाट आएका सर्वसाधारणहरु विरामी हँुँदा व्यवस्थापनमा समस्या आएको छ ।





error: Content is protected !!