जनप्रतिनिधिको एक महिनाको तलव ,भत्ता कोरोना कोषमा

नन्दा शाही
डोल्पा ः नागरिकलाई कोरोनाबाट जोगिन र जोगाउनका लागि काइके गाउँपालिका डोल्पाका जनप्रतिनिधिले एक महिनाको तलव ,भत्ता कोरोना कोषमा जम्मा गरेका छन् ।
गाउँपालिका भित्र कोरोनाबाट जोगिनका लागि व्यवस्थापनको काम गर्न आर्थिक अभाव भएकाले एक महिनाको तलव, भत्ता कोषमा जम्मा गरेर खर्च गर्न लागिएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिनुभयो ।
त्यस्तै कोरोनाको महामारीमा खटिने स्वास्थ्यकर्मीलाई मासिक रु १० हजारका दरले जोखिम भत्ता बढाउने निर्णय भएको प्रवक्ता रोकायले बताउनुभयो । आज राती १२ बजे देखि डोल्पामा निषेधाज्ञा जारी गरिएको छ ।



