जाजरकोटमा जोखिममा काम गरेको पैसा समेत पाएनन् स्वास्थ्यकर्मीले

हेमन्त न्यौपाने
जाजरकोट , फ्रन्टलाइनमा काम गर्ने जाजरकोटका स्वास्थ्यकर्मीले जोखिममा काम गरे वाफत दिने भनिएको रकम नपाएको गुनासो गरेका छन् । भेरी नगरपालिकामा कार्यरत ८० जना स्वास्थ्यकर्मीले रकम नपाएको बताएका छन् ।
त्यस्तै अन्य स्थानीय तहका स्वास्थ्यकर्मीले पनि नपाएको बताएको छ । संघीय सरकारले जोखिममा काम गर्नेलाई १०० प्रतिशत , सर्पोटमा काम गर्नेलाई ७५ प्रतिशत र अन्य स्वास्थ्यकर्मीलाइ ५० प्रतिशत रकम दिने घोषण गरेको थियो । गत चैत देखि असार मशान्त सम्म र यो वर्षको साउन देखि कात्तिक सम्मा नपाएको उनीहरुले बताएका छन् ।
त्यस्तै कर्णाली प्रदेश मताहात रहेका स्वास्थ्यकर्मीले साउन देखि कात्तिक सम्माको रकम नपाएको बताएको छ । त्यस्तै प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मी सुरुको तलव स्केलको २५ प्रतिशत रकम पाउने व्यवस्था भएपनि सो रकम दुइ वर्ष देखि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका एक स्वास्थ्यकर्मीले बताएका छन् । दुइ वर्ष देखि थप नाइट डिउटी , स्र्टा डिउटीको पैसा नपाएको गुनासो समेत गरेका छन् ।
बारेकोट गाउँपालिकामा कार्यरत ६२ जना स्वास्थ्यकर्मीले एक रुपैया पनि जोखिममा खटिएको रकम नपाएको बताएको बताएका छन् । अघिल्लो वर्षको पीडालाइ महसुस गरेर आफूहरु धेरै तडक,भडक नगर्ने मुडमा रहेको बारेकोट गाउँपालिका स्वास्थ्य प्रमुख बेदराज सिंहले जानकारी दिए ।



