अव जाजरकोटमा एचडीयू सेवा

हेमन्त न्यौपाने
जाजरकोट – स्वास्थ्य सेवा कार्यालयले जाजरकोटले अक्सिजन प्लान्ट खरिद प्रक्रिया सुरु गरेको छ ।
प्रतिदिन ५ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट गरिद गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । वोलपत्र गरि खरिदका लागि सम्झौता समेत भइसकेकोले केही दिनमै जाजरकोट पुग्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।

रु ४० लाखमा अक्सिजन प्लान्ट खरिद हुँन लागेको हो । त्यस्तै स्वास्थ्य सेवा कार्यालयको सेवालाइ थप विस्तार गरि उच्च निर्भरता इकाई दिनका लागि (एचडीयू ) २५ वटा आइसियू वेड , २५ वटा अक्सिजन सिलिण्डर ,१ वटा भ्यान्टीलेटर खरिद गरेर व्यवस्थापनको काम भइरहेको छ । आइसियू सञ्चालन गर्न नसकिने भएकाले एचडीयू सेवा सञ्चालन गर्न लागिएको हो ।
सिलिण्डर भरेर ठाउँ , ठाउँमा लिनको काम सुरु भएको तर पाइप लाइन मार्फत सिलिण्डर विरामीको वेड सम्म लिने कार्यको वोलपत्र हुन बाँकी रहेको छ । भेन्टीलेटर जिल्लामा आएपनि सञ्चालनका लागि जनशक्ति नहुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले जानकारी दिनुभयो ।

प्रदेश सरकारसँग जनशक्ति पठाइदिन आग्रह गरेपनि अहिले सम्म जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । जाजरकोट स्वास्थ्य सेवा कार्यालयलाइ ५० शैयामा रुपान्तरण गरेसँगै ३२ करोडको अत्यधुनिक भवन समेत निर्माण कार्य जारी रहेको छ ।

आँखाको उपचारका लागि छिटै नयाँ सेवा विस्तार हुँन लागेको तर ठाउँको अभावमा समस्या परेको जैसीले बताउनुभयो । नयाँ भवन निर्माण कार्य पुरा नहुन्जेल सम्मा हामीसँग भएका भवनमा जसरी पनि सेवा सञ्चालनका लागि जुटेको उहाँले बताउनुभयो । कार्यालयले एम्वुलेन्स सेवा समेत सुरु गरेको छ । तीन वर्ष देखि अवरुद्ध एम्वुलेन्स सेवा विस्तार गरेको छ ।

उहाँले भन्नुभयो , “ ५० शैयाको अस्पताल नामको मात्र हुँन दिदैनौँ अव परिणाम समेत निकाल्छौँ , शक्ती बस्नेत मन्त्री ज्युको समेत सवै खालका सेवा भरपर्दो बनाउन निकै दवाव छ , सामग्री छैन भनेर गुनासो नगर्न भन्नुभएको छ । ” त्यस्तै बारेकोट , नलगाड , छेडागाडमा चिकित्सक न्यूक्ति गरेर सेवा प्रवाह भइरहेको छ । कोरोनाको महामारीको वेला कसैले पनि वहाना बनाएर भाग्न नमिल्ने सरोकारवालको जोड रहेको छ ।





error: Content is protected !!