एम्वुलेन्स सञ्चालन

जाजरकोट – स्वास्थ्य सेवा कार्यालय र नेपाल रेडक्रस सोसाइटीले एम्वुलेन्स सञ्चानमा ल्याएका छन् ।
करिव तीन वर्ष देखि बन्द भएको एम्वुलेन्स सेवा स्वास्थ्य सेवा कार्यालयले सञ्चालन गरेको हो । कोभिडको समयमा पर्न सक्नु समस्यालाइ मध्यनजर गरि तत्काल एम्वुलेन्स सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै रेडक्रसका सभापति हरि बहादुर बस्नेतका अनुसार भाडादर निर्धारण गरेर एम्बुलेन्स सञ्चालनमा ल्याएकोे छ । जाजरकोटमा विषेधाज्ञ जारी गरिएको समयमा विरामीलाइ समस्या पर्न नदिन एम्वुलेन्स सञ्चालन गरिएको छ ।





error: Content is protected !!