होम आइसोलेसनमा कसरी गर्ने उपचार ः यस्तो छ मार्गनिर्देशन

कोरोना संक्रमणका केसहरू बृद्धि हुँदै गर्दा कोरोना संक्रमितहरूका लागि र कोरोना संक्रमणबाट बच्न विभिन्न मार्गदर्शन आइरहेका छन् ।

पछिल्लो दिनमा भारत र नेपालमा कोरोना भाइरस भयावह रूपमा फैलिएको छ । संक्रमितका लागि अस्पतालमा बेडको समस्या भएको समाचारहरु यस्तोमा आयरहेका छन् । डाक्टरहरुले जटिल समस्या नभएसम्म होम आइसोलेसनमा बस्न सल्लाह दिएका छन् ।

यसै सन्दर्भममा भारतीय स्वास्थ्य मन्त्रालयले होम आइसोलेसनमा बस्न मापदण्डहरू तोकेको छ । नयाँ दिशानिर्देशमा दुई विशेष चीजहरू उल्लेख गरिएका छन् ।

यसमा कोरोना कोरोनाको कुनै लक्षण नभएको विरामीहरूले घरमा हुँदा उनीहरूले कसरी उपचार गर्न सक्दछन् भन्ने विषयमा जानकारी दिइएको छ । दोस्रो बालबालिकाको सम्बन्धमा बताइएको छ । जसअनुसार निम्न अनुसार कुराहरू उल्लेख छ ।

होम आइसोलेसनमा कसरी गर्ने उपचार ?
घर आइसोलेसनको बारेमा दिइएको दिशानिर्देशका अनुसार बिरामीले आफ्नो डाक्टरसँग निरन्तर सम्पर्क राख्नु पर्छ ।

गम्भीर अवस्था भएमा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुपर्दछ । यदि कोरोना बिरामीहरूलाई पहिले नै कुनै अन्य रोग छ भने डाक्टरसँग सम्पर्क गरेपछि, रोगको लागि औषधिलाई पनि निरन्तरता दिनुहोस् ।

दिशानिर्देशमा यो सुझाव दिइएको छ कि ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएको खण्डमा उपचार शुरु गर्नुपर्दछ । बिरामीहरुलाई दिनको दुई चोटि तातो पानी र वाफले कुल्ला गर्ने सल्लाह दिइन्छ ।

यदि ज्वरो नियन्त्रण छैन भने के गर्ने ?
यो दिशानिर्देशमा भनिएको छ कि यदि ज्वरो दिनको चार पटक प्यारासिटामोल  (६५०mg) सेवन गर्दा पनि ज्वरो कम हुँदैन भने डाक्टरसँग तुरुन्त सम्पर्क गर्नुहोस् ।

डाक्टरले तपाईलाई नन्स्ट्रोइडल एन्टी–इन्फ्लेमेटरी ड्रग्स जस्तै नेप्रोक्सेन  (२५०mg न दिनमा दुईपटक) लिन सल्लाह दिन सक्छ । यसबाहेक, डाक्टरले तपाईंलाई ३ देखि ५ दिनका लागि आइवमेक्टिन ट्याबलेट (दिनमा एक पटक  mcg/kg  खाली पेट० पनि दिनसक्छ ।

गाइडलाइन अनुसार, यदि ज्वरो र खोकी ५ दिनभन्दा बढी रहन्छ भने बुडेसोनाइड इनहेलेसन दिन सकिन्छ यदि ज्वरो । ८०० एमसीजीे यो औषधि ५ देखि ७ दिनका लागि दिनको दुई पटक इनहेलरको माध्यमबाट लिन सकिन्छ । यदि ज्वरो र खोकी ५ देखि ७ दिनभन्दा बढी रहन्छ भने डाक्टरसँग परामर्श लिएपछि कम डोजको मौखिक स्टेरॉइड लिन सिफारिस गरिएको छ ।

रेम्डेसिभिरको विशेष सल्लाह
यस दिशानिर्देशमा उल्लेख छ कि कोरोनाका बिरामीहरूले रेम्डेसिभिर औषधि घरैमा खानु हुँदैन । रेम्डेसिभिर औषधि डाक्टरको सल्लाह वा अस्पतालमा मात्र लिनु पर्छ । अक्सिजन लेभल कम हुने वा सास फेर्न समस्या भएमा अस्पतालमा भर्ना हुनुहोस् वा डाक्टरलाई तुरुन्तै सम्पर्क राख्नुहोस् ।

बच्चाहरूका लागि कोरोनाको प्रोटोकल
गाइडलाइनका अनुसार एसिम्प्टोमेटिक बच्चाहरूलाई कुनै उपचारको आवश्यकता पर्दैन । यद्यपि भविष्यामा यी लक्षणहरु देखा पर्छ कि पर्दैन भनेर ध्यान दिन जरुरी छ ।
बच्चाहरूलाई लक्षण अनुसार उपचार गरिनु पर्छ ।

बालबालिको घाँटी दुख्नु, रुघाखोकी लग्नु र पेटसँग सम्बन्धित सामान्य लक्षणहरु देखिएमा घरमै उपचार गर्न सकिन्छ । ज्वरोको लागि प्यारासिटामोल ९१०–१५ mनरपनरडोज० हरेक ४ देखि ६ घण्टाको बिचमा दिइन सल्लाह दिइएको छ ।

बच्चाहरूलाई हाइड्रेसन कायम गर्न सकेसम्म धेरै तरल पदार्थ दिनुहोस् । हल्का लक्षणहरूमा बच्चाहरूलाई एन्टिबायोटिक नदिन सल्लाह दिइन्छ ।

कोरोनाको मध्यम लक्षण देखिएका बालबालिकाहरुमा पनि निमोनिया हुनसक्छ । यद्यपि यसका लागि बारम्बार ल्याब टेस्ट गर्नु आवश्यक पर्दैन । मध्यम लक्षण भएका बच्चाहरू पनि कोभिड अस्पतालमा भर्ना हुन सक्छन् ।

ब्याक्टिरियल इन्फेक्सनका लागि बालबालिकाहरुलाई एमोक्सीसिलन पनि दिन सकिन्छ । ९४ प्रतिशतभन्दा कम अक्सिजन भएमा अक्सिजन सप्लिमेन्टेसन दिने सल्लाह दिइएको छ ।

गम्भीर लक्षण भएका बालबालिकाहरूका लागि प्रोटोकल
जुन बालबालिकाको अक्सिजन लेभल ९० प्रतिशतभन्दा कम हुन्छ उनमा कोभिड १९ को गम्भिर लक्षण हुन्छ । यी बालबालिकाहरुमा गम्भिर निमोनिया, रेस्पिरेटरी डिस्ट्रेस सिंड्रोम, मल्टी अर्गन डिसफंक्सन सिंड्रोम र सेप्टिक शक जस्ता गम्भिर लक्षण पनि देखिन सक्छ ।

प्रोटोकोलका अनुसार थ्रोम्बोसिस, हेमोफागोसिटिक लिम्फोहिस्टोसाइटोसिस ९ज्ीज्० र अर्गन फेल्योरको परीक्षण गराउनुपर्दछ । गाइडलाइनमा यी बालबालिमा कम्प्लिट ब्लड काउन्ट, लिभर, किड्नीले गर्ने काम र छातीको एक्स रे गर्ने सल्लाह दिइन्छ ।

आजतकबाट





error: Content is protected !!