सिमा क्षेत्रमा व्यापक कडाइ ः जाजरकोटमा कोरोना संक्रमितको संख्या १२५

जाजरकोट ः सुक्रबार बेलुकी यो समाचार तयारी तयार पर्दा सम्मा जाजरकोटमा १ सय २५ मा कोरोना लागेको पुष्टि भएको छ । एक जना सन्चो भएर घर पठाएको छ । छन् ।

स्वास्थ्य सेवा कार्यालय र छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र मनघाटमा गरिएको एन्टीजेन परिक्षणबाट शुक्रबार ३० जनालाई कोरोना संक्रमण भएको प्रमुख प्रशासकीउ अधिकृत केसीले जानकारी दिनुभयो । । स्वास्थ्य सेवा कार्यालयमा ६५ जनालाई गरिएको परिक्षणबाट २१ जनालाई कोरोना पुष्टी भएको महामारी स्रोत व्यक्ति कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । त्यसैगरी छेडागाड नगरपालिकामा शुक्रबार २९ जनामा गरिएको परिक्षणबाट ९ जनालाई कोरोना पुष्टी भएको अधिकृत केसीले बताउनुभयो । केसीले अनुसार कोरोना पुष्टी भएका ९ जना मध्ये ५ जना नगरपालिकाका कर्मचारी रहेका छन भने, ३ जना शिक्षक र एक जना सर्बसाधारण नागरीक रहेका छन् ।

यो समाचार तयार पार्दासम्म जिल्लाको बारेकोट, कुशे, जुनीचाँदे, शिवालय गाउँपालिका र नलगाड नगरपालिकामा गरिएको परिक्षणको रिपोर्ट आई नपुगेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । अन्य पालिकामा गरिएको परिक्षणको रिपोर्ट आई पुगेमा संक्रमित विरामीहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भेरी नगरपालिका र छेडागाड नगरपालिकाले कोरानोको दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न आईतबारदेखि एक हप्ताको लागि स्वास्थ्य, सरसफाई, फोहर व्यवस्थापन कार्य बाहेकका अन्य सम्पूर्ण दैनिक सेवा प्रवाहका कामलाई बन्द गरिएको सूचना सार्वजनिक गरेका छन् ।





error: Content is protected !!