सिधै भारतबाट घर

जाजरकोट –  कमाइ गर्न भारत गएर सवसाधारणहरु कुनै सुरक्षाको मापदण्ड पुरा नगरी सिधै घर पुगेका छन् ।
सिमा नाँकामा कुनै पनि चेक जाँच उनीहरुलाइ घर पठाएको छ । मास्क सवैले लगाउन उद्धी जारी गरि सवैलाइ सिधै घर पठाएको हो । सयौको संख्यामा भारतबाट सर्वसाधारणहरु जाजरकोट पुगेका छन् । कमाइका लागि भारत जानेमा जाजरकोटका स्थानीयहरु मुख्य जिल्ला पर्दछ ।

प्रहरीले सदरमुकाममा कोरोनाबाट बच्न मास्क लगाउ जस्ता नाराहरु लगाएर वजार परिक्रमा गरेपनि अन्य कुनै पनि निकायले सतकता अपनाएको देखिदैन । जिल्ला अस्पतालमा समेत दुइ वेडको आइसुलेशन बाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन । ठाउँको अभावमा आइसुलेशन बनाउन नसकिएको अस्पताल प्रशारणले जनाएको छ । नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवनहरु भत्काउदा व्यवस्थापनमा समस्य भएको हो । अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आवह्वान गरेपनि अहिले सम्म खरिद भएको छैन । दुइ वर्ष देखि एम्वुलेन्स नहुँदा जिल्ला अस्पतालमा विरामी ल्याउन र लिन समस्य हुँदै आएको छ ।

चार जनामा कोरोना भएको पुष्टि

जाजरकोट भेरी नगरपालिका २ , जुनिचाँदे १ र बारेकोट गाउँपालिकाका १ गरि चार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दुइ जना नेपालन्जबाट आएका र अन्य दुइ घरमै बसेकोलाइ कोरोना देखिएको हो । संक्रमित सवैलाइ होम क्वारेन्टाइनमा राखिएको छ । भारतबाट सिधै घर गएकाहरुको जाँच नभएका कारण कोरोना नदेखिएको भएपनि जाँच पछि अवस्था विकराल रहेको सर्वसाधारणहरु बताउँछन् ।

अधिकांश डोल्पा यार्सा संकलन तीर
भारतबाट कमाइ नभएको भन्दै केही उपल्लो डोल्पाका पाटनमा यार्सागुम्वा संकलन गर्न गएका छन् । नाँकामा चेक जाँच नहुँदा जहाँ गएपनि फ्रि भएका कारण सर्वसाधारणहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएका हुन् ।





error: Content is protected !!